Incident Reports

जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार भएको आरोप | Ratopati

2021-07-30

Bagmati, Chitawan, Bharatpur, Ward 10

जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै स्वास्थ्य कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा गत शुक्रबार प्रयोगशाला भवन खोप केन्द्रमा आफ्नो जिम्मेवारी पालना गर्दै खोप कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा कर्मचारीमाथि जनप्रतिनिधिबाट दुव्र्यवहार भएको जनाइएको छ ।

सो दिन भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुण पीडित भण्डारीले खोप केन्द्रमा रहेका कर्मचारीसँग भनाभन भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । विज्ञप्तिमा भनिएको छ, “महामारीमा आफ्नो र परिवारको जीवनलाई समेत धरापमा राखेर अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीको योगदानको कदर गर्दै अनुकरणीय कार्यको प्रशंसा एवं सहयोग गर्नुको साटो उल्टो धम्क्याउने र गालीगलौज गर्नु सर्वथा निन्दनीय कार्य हो ।” सबै सरोकारवाला निकाय मिलेर स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने सुरक्षित वातावरण बनाइदिन विज्ञप्तिमा अनुरोध गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments