Incident Reports

थुनुवा मृत्यू प्रकरण : धनुषाका एसपीलाई कारबाही गर्न दलित जनमत संघको माग | Janakpur Today

2021-08-02

Madhes, Dhanusha, Janakpur

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयमा थुनुवा पल्टु रबिदास झुण्डिएको अवस्थामा मृत फेला परेका घटनाको विरोधमा दलित जनमत संघले विरोध प्रदर्शन गरेको छ ।

आज दिउँसो जनकपुरमा संघसँग आवद्ध नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । संघले धनुषाका एसपी प्रकाश रानाभाटलाई कारबाही गर्नुपर्ने माग गरेको छ । यस्तै घटनाको छानबिन गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेको छ । संघका नेता कार्यकर्ताहरुले प्रदर्शन पश्चात जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाउने बताइएको छ । घटनाको छानविनका लागि दलित अधिकारकर्मीहरुले पनि घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका घर भएका मृतक रबिदास अंगभंग तथा कुटपिट मुद्दामा पक्राउ परेका थिए । उनको परिवारले हत्या भन्दै शव बुझेका छैन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments