Incident Reports

उपचार क्रममा बिरामीको मृत्युपछि अस्पताल तोडफोड गर्ने सात पक्राउ   :: Setopati

2021-08-02

Province 1, Morang, Biratnagar

उपचारका लागि आएका एक जना बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले विराटनगरको गोल्डेन अस्पताल तोडफोड गरेका छन्।पिलोको शल्यक्रिया गरिएका बिरामी मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्यु भएपछि आक्रोसित आफन्तले सोमबार राति अस्पताल तोडफोड गरेका हुन्। 

मलद्वारमा रहेको पिलोको शल्यक्रिया गरिएका हुसेनको मृत्यु भएपछि आक्रोसित परिवारका सदस्य र आफन्तले राति १०ः१५ बजेतिर तोडफोडमा उत्रिएको अस्पतालले जनाएको छ।आफन्तले पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने र ‘शल्यक्रियामा कमजोरी गर्ने’ चिकित्सकलाई कारबाही हुनुपर्ने माग राख्दै नाराबाजी पनि गरेका थिए।

हुसेनको अस्पतालका सर्जन डा. सरोज राजवंशी नेतृत्वको  टोलीले सोमबार साँझ शल्यक्रिया गरेको थियो। शल्यक्रियापछि बिरामीको अवस्था गम्भीर बनेको कारणले अस्पतालले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखेको थियो। स्वास्थ्य अवस्था थप खराब बनेर हुसेनको भेन्टिलेटेरमै राति १० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ।अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताका अनुसार शरीरका धेरै अंगले काम गर्न छाडिसकेका कारण भर्ना गर्दा नै बिरामीको अवस्था गम्भीर थियो।

उनको मृत्युपछि  परिवारका सदस्य र आफन्तले अस्पताल तोडफोड गरिदिएका हुन् ।२५/३० जनाको संख्यामा भेला भएका मृतकका आफन्त र परिवारका सदस्यले तोडफोड गर्दा अस्पतालको काउण्टरको दुइटा झ्यालमा क्षति पुगेको अस्पतालका प्रशासकीय अधिकृत मेहताले जानकारी दिए।उनका अनुसार आक्रोसित भीड कर्मचारी र सुरक्षागार्डलाई समेत कुटपिट गर्दै तोडफोडमा उत्रिएपछि अस्पतालको अवस्था निकैबेर तनावग्रस्त बन्यो।

अस्पताल तोडफोड भएपछि मोरङ प्रहरीले सात जनालाई पक्राउ गरेको छ। तोडफोड र कुटपिटमा संलग्न भएका आरोपमा सात जनालाई सोमबार राति प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments