Incident Reports

वडाध्यक्षमाथि दुर्व्यवहार

2021-08-07

Karnali, Salyan, Kalimati, Ward 6

सल्यान — कालीमाटी गाउँपालिकाका मुख्यमन्त्री रोजगार कार्यक्रमका संयोजक सुवास बुढाथोकीले गाउँपालिका ६ का वडाध्यक्ष टेकराज पुलामी मगरमाथि दुर्व्यवहार गरेका छन् । बुढाथोकीले बिहीबार गाउँपालिकाको बैठकमा गालीगलौज गर्दै दुर्व्यवहार गरेका हुन् ।

मुख्यमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालित योजनामा काम गरेका मजदुरले ज्याला नपाएको र काम गरेअनुसार रकम भुक्तानी नभएपछि छिटो भुक्तानीका लागि बैठकमा उठाउँदा बुढाथोकीले सबैका सामु दुर्व्यवहार गरेका वडाध्यक्ष पुलामीले बताए । वडाध्यक्षमाथि दुर्व्यवहार भएको र यसले असुरक्षा बढाएको भन्दै माओवादी केन्द्रको कालीमाटी गाउँपालिका कमिटीले विरोध जनाएको छ ।

गाउँ कमिटी अध्यक्ष शालिकराम भट्टराईद्वारा जारी विज्ञप्तिमा जनप्रतिनिधिमाथि सार्वजनिक कार्यक्रममा दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाहीको माग गरेका छन् । गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले रोजगार संयोजकलाई स्पष्टीकरण सोधिएको बताए । संयोजक बुढाथोकीले भने आफूले दुर्व्यवहार नगरेको, बरु योजनाको बजेट समयमै भुक्तानी गर्ने विषयमा कुराकानी मात्र भएको बताए ।

खोलाकिनारमा साथीसँग पौडी खेल्दै गर्दा बगेका सुर्मा गाउँपालिकाका १३ वर्षीय जयराम बोहरालाई बाहुलीगाडको झोलुंगे पुलनजिक बस्दै आएका १९ वर्षीय मगरले सेती र बाउलीखोलाको दोभानबाट उद्धार गरेका हुन् । बोहरालाई करिब १ सय मिटर बगेपछि मगरले देखेका थिए । मगर पनि बाहुलीगाडमा नुहाउन गएको बेला मान्छे बगेको देखेपछि खोलामा हामफालेर बचाएको बताए । ‘पानी धमिलो भएकाले टाढाबाट बग्दै आएको के हो ? भनेर छुट्याउन सकिन । नजिक आएपछि मानिस बग्दै गरेको देखे’ मगरले भने ‘मान्छे जिउँदै देखेपछि केही नसोची भेलमा हाम फालेछु ।’उनले केही मिटर तल रहेको दोभानमा पुगेको भए उद्धार गर्न असम्भव हुने बताए । खोलामा बगेका बोहराको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको छ । उपचारपछि उनी पूर्ण रूपमा स्वस्थ भएर घर फर्किसकेको जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दीप ओखेडाले बताए । बर्खाको भेलमा ज्यानको जोखिम उठाएर किशोरको उद्धार गर्ने मगरलाई बोहराको परिवारले र स्थानीयले विभिन्न स्याबासी दिइरहेका छन् ।

उनले केही मिटर तल रहेको दोभानमा पुगेको भए उद्धार गर्न असम्भव हुने बताए । खोलामा बगेका बोहराको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको छ । उपचारपछि उनी पूर्ण रूपमा स्वस्थ भएर घर फर्किसकेको जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दीप ओखेडाले बताए । बर्खाको भेलमा ज्यानको जोखिम उठाएर किशोरको उद्धार गर्ने मगरलाई बोहराको परिवारले र स्थानीयले विभिन्न स्याबासी दिइरहेका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments