Incident Reports

बाह्रबिसे प्रहरी हिरासतमा रहेका तामाङको मृत्युपछि प्रदर्शन, छानबिन समिति बनाइने

2021-08-08

Bagmati, Sindhupalchok, Barhabise

सिन्धुपाल्चोकस्थित बाह्रबिसे प्रहरीको हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि छानबिन हुने भएको छ।प्रहरी हिरासतमा रहेका बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएको थियो। प्रहरीले उनलाई कुटपिट गरेको भन्दै पीडित पक्षले आइतबार बाह्रबिसे बजारमा प्रदर्शन  गरेका थिए। उनीहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले छानबिन समिति बनाउन लागेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।'छानबिन गरिदिन भन्दै प्रदर्शन भएपछि  समिति गठन हुने भएको छ। को-को रहन्छन् भन्ने खुलिसकेको छैन। हामी छलफलमा छौं,' प्रहरी उपरीक्षक अधिकारीले भने।मृतक तामाङको शरिरमा चोटपटक देखिएको भन्दै उनको परिवारले कुटपिटबाटै मृत्यु भएको दाबी गरेका छन्।

तर प्रहरीले उनीमाथि कुटपिट नभएको बताएका छन्।तामाङलाई गत शुक्रबार बिहान धुलिखेल अस्पताल लगिएको थियो। अस्पतालमा लग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार तामाङलाई चोरीको मुद्दामा प्रहरीले गत १८ गते नियन्त्रणमा लिएको थियो।उनीमाथि एक जनाको एक लाख, सहकारीमा फुटाएर ८१ हजार ७२५ रुपैयाँ चोरी गरेको आरोप थियो।प्रहरीका अनुसार उनी सुरूकै दिन देखि बिरामी थिए।

त्यसरी बिरामी हुँदा उनलाई पटकपटक उपचार गराउन लग्ने-ल्याउने भइरहेको उनले बताए। तर २२ गते बिहान भने उनलाई प्रहरीले छटपटाइरहेको अवस्थामा फेला पारेको बस्नेतले बताए।अहिले शव पोष्टमार्टम गर्न काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको छ। उनको पोष्टमार्टम आज हुने प्रहरीले जनाएको छ।प्रहरी हिरासतमा हुँदा पनि उनले अस्वभाविक व्यवहार देखाउने गरेको प्रहरीले जनाएको छ।उनी बिरामी भएको भन्ने जानकारी परिवार समेतलाई पनि दिइएको प्रहरीको भनाइ छ। प्रहरीले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments