Incident Reports

पाेखरिया नगरपालिकाले फर्जी टेन्डर गरेको भन्दै युवाहरुको प्रदर्शन – देशसञ्चार

2021-08-08

Madhes, Parsa, Pokhariya

वीरगञ्ज – पर्साको पोखरिया नगरपालिकाले गोप्य रूपमा करोडौँको टेण्डर गरेको भन्दै युवाहरु आन्दोलनमा उत्रेका छन्।नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले रातारात गोप्य टेन्डर गरेर भ्रष्टाचार गरेको भन्दै पोखरियाका युवाले आइतबार नाराबाजी गरेका हुन्।

पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तत्वको नेतृत्वमा रहेका युवाले नाराबाजी गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन्। उनीहरूले नगर प्रमुख दीपनारायण रौनियारलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका हुन्।

‘ज्ञापनपत्र बुझाउनुअघि युवाले भ्रष्टाचार बन्द गर, कमिसनखोरी बन्द गर, भ्रष्ट कर्मचारी मुर्दावाद’ लगायत नारा लगाएका थिए। नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले रातारात करोडौँको टेन्डर गोप्य रूपमा गरी भ्रष्टाचार गरेको पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तत्वले दावी गरे।

अधिकृत गिरीले पोखरिया अस्पतालको रंग रोगन, अन्य ढलानजस्ता थुप्रै कार्यको गोप्य टेन्डर गरी आफ्नै आसेपासेलाई दिएको उनको आरोप छ। ज्ञापनपत्रमार्फत उठाइएको मागलाई दुई दिनभित्र पूरा नगरे आफूहरू आन्दोलनमा उत्रिने चेतावनीसमेत तत्वाले दिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments