Incident Reports

दरबन्दी मिलानविरुद्ध धर्ना- सुदूरपश्चिम - कान्तिपुर समाचार

2021-07-18

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकामा लामो समयपछि भएको शिक्षक दरबन्दी मिलानको विरोधमा नेपाल शिक्षक संघ आन्दोलित बनेको छ । संघसँग आबद्ध शिक्षकहरू तीन सातादेखि नगरपालिकामा धर्नामा बसेका छन् । उनीहरूले नगरपालिकाको शिक्षा शाखामा तालासमेत लगाएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ विपरित नगर प्रमुखले मनपरी ढंगले दरबन्दी मलान गरेको शिक्षक संघ कञ्चनपुरको आरोप छ । संघमा आवद्ध शिक्षकहरूलाई पुर्वाग्रही ढंगले खोजीखोजी सरुवा गरिएको संघले जनाएको छ । ‘नगर शिक्षा समिति गठनदेखि दरबन्दी मिलान सबैमा मनपरी भएको छ,’ शिक्षक संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष बिर्खबहादुर मल्लले भने, ‘कुनै विधि र मापदण्डसमेत नबनाएर दरबन्दी मिलान गरियो ।’ पछिल्लो समय धर्नासँगै रिले अनसनपनि सुरु गरिएको छ ।

भीमदत्त नगरपालिकाले असार ३१ मा दरबन्दी मिलान गरेको थियो । जसमा शिक्षक संघका प्रतिनिधिहरूले पनि सहमति जनाएका थिए । शिक्षक संघले साउन ३ देखि शिक्षा शाखामा तालाबन्दीसँगै धर्ना सुरु गरेको हो । साउन १८ देखि धर्नाको कार्यक्रमलाई रिले अनसनमा परिणत गरेको छ । अन्य शिक्षक संगठनहरूले भने दरबन्दी मिलानको स्वागत गरेका छन् ।

‘हाम्रा माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ,’ शिक्षक संघका जिल्ला सचिव नविनसिंह धामीले भने, ‘कार्यविधिअनुसार दरबन्दी मिलान हुनु पर्छ, त्यसमा हाम्रो सहमति छ ।’ नगरपालिकाले दरबन्दी मिलानका लागि बनाएको कार्यदलको सुझावअनुसार अघि बढ्नुपर्ने उनले बताए ।

भीमदत्त नगरपालिकामा प्रावि तहमा २९ दरबन्दी पुलमा देखिएका थिए । निमावि र मावि तहका कतिपय विद्यालयहरूले स्विकृति पाएका थिएनन् । पुलमा रहेको दरबन्दीका शिक्षकहरूलाई योग्यताअनुसार माथिल्लो तहमा पनि कामकाजमा लगाउन सकिने गरि दरबन्दी मिलान गरिएको भीमदत्त नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए । यसैगरि स्विकृति नपाएका ६ वटा मावि र ९ वटा निमाविमा पनि दरबन्दी पठाएर स्वीकृति दिइएको उनले बताए ।

तल्लो तहका शिक्षक माथिल्लो तहको विद्यालयमा प्रधानाध्यापक भएर काम चलाइरहेको अवस्था थियो,’ जोशीले भने, ‘दरबन्दी मिलानले यो समस्या समाधान भएको छ ।’ उनकाअनुसार तल्लो तहको शिक्षक माथिल्लो तहमा प्रअ हुदा शिक्षकहरूको कार्यसम्पादन मुल्यांकनदेखि, विद्यालयले प्राप्त गर्ने अनुदानलगायतका कुराहरू प्रभावित हुने गरेका छन् ।

नगरपालिकाको शिक्षा समितिले प्रावि तहमा ५२, निमाविमा २३ र मावि तहमा १३ शिक्षकको सरुवा तथा पदस्थापन गरेको छ । भीमदत्तमा प्रावि तहमा २७६ शिक्षक दरबन्दी रहेको छ । जसमध्ये २१९ मात्रै आवश्यक रहेको शिक्षा शाखाले जनाएको छ । नगरपालिकामा माध्यमिक विद्यालय २६ र आधारभुत विद्यालय ३० छन् ।

लामो समयदेखि शिक्षक दरबन्दी मिलान नहुदा तल्लो तहका शिक्षकले प्रधानाध्यापक भएर माथिल्लो तहको विद्यालय चलाउदै आएका थिए । दरबन्दी मिलानपछि उक्त समस्या समाधान भएको छ । ‘लामो समयदेखि प्रअ भइ बसेका शिक्षकहरू अन्यत्र जानुपर्दा पनि विरोध भएको हो,’ एक शिक्षकले भने, ‘लामो समयपछि भएको दरबन्दी मिलानले शिक्षकदेखि विद्यालय सबैलाई सहज बनाएको छ ।’ उनकाअनुसार पुलमा रहेका दरबन्दीका शिक्षकलाई अन्यत्र पठाउन पनि सकिन्थ्यो । तर नगर शिक्षा समितिले शिक्षकहरूलाई अप्ठेरो पर्ने भन्दै योग्यताअनुसार माथिल्लो तहमा कामकाजमा लगाउन सक्ने गरि दरबन्दी मिलान गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments