Incident Reports

खैरहनीमा दोहोरो करको विरोध गर्दै कवाड व्यवसायीले गरे धर्ना

2021-08-11

Bagmati, Chitawan, Khairahani

चितवन : चितवनको खैरहनी नगरपालिकाले दोहोरो कर लिएको भन्दै कवाड व्यवसायीहरुले विरोध स्वरुप बुधबार खैरहनी नगरपालिकामा धर्ना दिएका छन् । आन्तरिक राजस्व कार्यालयलाई १३ प्रतिशत राजस्व तिरिरहेको अवस्थामा खैरहनी नगरपालिकाले समेत प्रत्येक सामानमा कर लिने गरेको भन्दै व्यवसायीहरुले विरोध गरेका हुन् ।

खैरहनी नगरपालिकाले मनपरी ढंगबाट कवाडी कर उठाउन थालेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । स्थानीय तहले आफू खुसी मनपरी कर लगाउदा कवाड व्यवसायी मारमा परेको चितवन कवाडी व्यवसायी संघका अध्यक्ष शंकर केसीको गुनासो छ | कवाडी सामान बिक्री गर्दा कर राजस्वमा बुझाए पनि नगरपालिकालाई छुट्टै शुल्क बुझाउन बाध्य भएको साहको भनाइ छ ।

कवाड व्यवसायीले सरकारलाई भ्याट, नगरपालिकालाई व्यवसायिक कर तथा साना तथा घरेलु उद्योग कार्यालयमा पनि कर तिर्दा समेत नगरपालिकालाई थप कर तिर्नुपरेपछि आफूहरुले व्यवसाय गर्ने वातावरण नभएको व्यवसायी तारकेश्वर सिंहले बताए ।

नगरपालिकाले लिने अतिरिक्त कवाडी कर अबिलम्ब खारेज नभए आफुहरु सशक्त आन्दोलनमा जाने चेतावनी सिंहले दिएका छन । व्यवसायी सिंहले ट्रकमा सामान लोड गरेर पठाउँदा आफूहरुले नगरपालिकालाई छुट्टै कर तिर्नु परेको समेत गुनासो गरे ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments