Incident Reports

इटहरी उपमहानगरपालिकाका मेयर चौधरीविरुद्व कांग्रेसको प्रर्दशन « रिपोर्टर्स नेपाल

2021-08-12

Province 1, Sunsari, Itahari

काठमाडौं, साउन २८ ।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले नगरवासीलाई कार्यालयमै थुनेपछि इटहरी कांग्रेसले आन्दोलन सुरु गरेको छ ।बुधवार मेयर चौधरीले इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुनेर कार्यालयबाट बाहिरिएका थिए। मेयर चौधरीले पैनीमाथि किन घर बनाएको भन्दै ढकाललाई नगर प्रहरीको सहयोगमा कार्यालय भित्रै थुनेर घर हिडेका थिए ।मेयर चौधरीको निर्देशनमा नगर प्रहरीले ढकाललाई करिव दुई घण्टापछि मात्रै कार्यालयबाट बाहिर आउन दिएको थियो । दिउँसो ३ देखि कार्यालयमा थुनिएका ढकाललाई बेलुका पाँच बजे मात्रै बाहिर निकालिएको हो ।

मेयर चौधरीले ढकाललाई थुनेपछि नेपाली कांग्रेस इटहरीले बुधबार वेलुका नै उनको कार्यकक्षमा तालाबन्दी गरेको थियो । आज विहानै देखि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता उपपमहानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका छन् । अहिले इटहरी कांग्रेसले ज्ञापन पत्र बुझाउने तयारी गरिरहेको छ ।मेयर चौधरीले ढकाललाई थुनेपछि नेपाली कांग्रेस इटहरीले बुधबार वेलुका नै उनको कार्यकक्षमा तालाबन्दी गरेको थियो । आज विहानै देखि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता उपपमहानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका छन् । अहिले इटहरी कांग्रेसले ज्ञापन पत्र बुझाउने तयारी गरिरहेको छ ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments