Incident Reports

बिजुली नआएपछि प्राधिकरण घेराउ | eAdarsha.com

2021-08-12

Gandaki, Tanahun, Myagde

साउन । 

म्याग्दे गाउँपालिकामा १० दिनदेखि विद्युत आपूर्ति अवरुद्ध छ । विद्युत मर्मत गर्न पटकपटक प्राधिकरणमा ध्यानाकर्षण गराउँदा समेत बेवास्ता भएपछि बिहीबार म्याग्देवासीले नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र घेराउ गरेका छन् । कम भोल्टेज लाइन आउने तथा विद्युत नियमित नहुने समस्या भोगेको लामो समयसम्म पनि मर्मत नगरेको भन्दै केन्द्र घेराउ गरिएको तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाइ सभापति भीमलाल श्रेष्ठले बताए ।

उपकार सहकारीका अध्यक्ष एवं समाजसेवी रामभक्त घिमिरेले कोभिड १९ का कारण विद्यार्थी अनलाइन कक्षा लिनुपर्ने अवस्थामा रहँदा लाइन नभएपछि शिक्षाबाट वञ्चित हुने गरेको बताए । आइतबारसम्म विद्युत सुचारु नभएमा कार्यालयमा ताला लगाइदिने तरूण दलका नेता रमेश अधिकारीले चेतावनी दिए । प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले मर्मत पश्चात राजमार्ग क्षेत्रमा बिजुली नियमित भएको र भित्र क्षेत्रमा मर्मत कार्य जारी रहेको बताए । म्याग्दे क्षेत्रमा समस्या आएको ठाउँ नै पत्ता लाग्न नसक्दा मर्मतमा कठिनाइ आएको बताए । उनले भने, ‘पोलपोलमा चढेर जाँच गर्दा समय लागेको हो । राजमार्ग क्षेत्रमा बिजुली नियमित भइसकेको छ । भित्री क्षेत्रमा पनि चाँडै नै सुचारु हुन्छ ।’ सुरुको ४ दिनसम्म थर्पु शाखाले नैं मर्मतका लागि प्रयास गरेको तर समस्या समाधान हुन नसक्दा जिल्लाभरका प्राविधिक समेतले अहिले हेरिरहेको प्रमुख क्षेत्रीले बताए । हरेक दिन दिनभरि प्राविधिक खटिएको भए पनि देखिने गरी नतिजा आउन नसकेको उनले बताए । फल्ट नदेखिँदा समस्या भएको र लाइन पुरानो भएकोले पनि चेक गर्दै जाँदा इन्सुलेसन कम भएको पाइएको र सामान फेर्दै चालू गरेको उनले जानकारी दिए । जामुने गुणादी साइडमा अहिले लाइन चलिसकेको र छाङ साइडतिर पनि अब चल्ने उनले बताए । सहभागीले अनावश्यक रूपमा जरिवाना गराउने गरेको भन्दै प्रमुखसँग असन्तुष्टि जनाएका थिए । धर्नामा नागरिक समाजका अध्यक्ष बालचन्द्र भट्टराई, आदर्श नमुना क्लब अध्यक्ष गौरवराज राना, स्थानीय युवा अगुवा सुन्दरमणि अधिकारी लगायतको उपस्थिति रहेको विकास खनालले जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments