Incident Reports

न्याय दिन ढिलाई गरेको भन्दै तालाबन्दी : RajdhaniDaily.com

2021-08-15

Madhes, Saptari, Agnisair Krishna Savaran, Ward 6

सप्तरी, राजविराज । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउपालिकाको ६ नम्बर वडा कार्यालयमा स्थानीय एक पक्षले तालाबन्दी गरेका छन् । महुली बजारका केही ब्यक्तीले बजारवासीलाई अभद्र ब्यवहार र समाजिक सदभाव खल्बल्याउने खालका गतिबीधी गरेकोमा छानवीन गरी उनीहरुमाथी कार्वाहीका लागी पहल गर्न पटक पटक ध्यानाकर्षण गराउदा पनि वडाअध्यक्ष कुशुम आर्चायले आलटाल गरेको भन्दै स्थानीयले आईतवार तालाबन्दी गरको हुन ।

कार्यालय खुल्ना साथ भेला भएका स्थानीयले कर्मचारीलाई बाहिर निकाल्दै ताला लगाई दिएका छन् । महुली बजारका मो.इनामुल आलमले बजारमा अराजक गतिबीधी गर्ने कार्यमा संलग्न समुहलाई झिकाई कार्यवाहीका लागी पहल गर्न पटक पटक लिखीत र मौखिक जानकारी गराउदा समेत वडाअध्यक्ष आर्चायले वेवास्ता गरेपछि बाध्य भएर तालबन्दी गर्नु परेको सुनाए । अर्का स्थानीयवासी रामनारायण मेहताले समाजमा उत्पात मच्चाउने समुहमाथी कार्वाहीको पहलका लागि वडा कार्यालयलाई ज्ञापनपत्र तथा गाउँपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय महुलीमा समेत सो को बोदार्थ पत्र पठाउदा कसैले चासो नदेखाएको गुनासो पोखे ।

उनले विपक्षीको उक्साहटमा एक पक्षद्वारा तालबन्दी गरिएको जनाउदै ताला खोलाउन आवश्यक पहल थालिएको जानकारी दिएकी छिन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments