Incident Reports

प्राधिकरण टुक्राउन लागेको विरोधमा ट्रेड युनियनको आन्दोलन

2021-08-16

Bagmati, Kathmandu, Kathmandu

नागरिक उड्डयन प्राधिकरण टुक्राएर दुई वटा प्राधिकरण बनाउन लागेको विरोधमा कर्मचारी ट्रेड यूनियनले एक साता लगातार गर्दै आएको आन्दोलन सोमबार पनि जारी छ ।

प्राधिकरण अन्तर्गतको कर्मचारी ट्रेड युनियनले बबरमहलस्थित प्राधिकरणको मुख्य कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो ।

युरोपियन यूनियन (ईयू) ले प्राधिकरण टुक्राउन नभनेको जिकिर गर्दै युनियनका प्रवक्ता अनिलकुमार गुप्ताले निहित स्वार्थका लागि सरकारले प्राधिकरणलाई टुक्राउन लागेको आरोप लगाउनुभयो ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ ल्याएर प्राधिकरण खण्डित गर्न खोजेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments