Incident Reports

दुई सातादेखि गाउँपालिकामा तालाबन्दी, सेवाग्राही समस्यामा – इन्सेक

2021-07-30

लेकम गाउँपालिकाको अस्थायी कार्यालय खरकडामा दुई सातादेखि तालाबन्दी गरिएको कारण स्थानीय सेवाग्राही समस्यामा परेका छन् ।गाउँपालिकाको केन्द्र रातामाटाबाट कार्यालय सञ्चालन गर्न पटकपटक माग गर्दा समेत अस्थायी कार्यालय खरकडाबाट नै सेवा प्रवाह गरिको भन्दै लेकम गाउँपालिका वडा नम्बर १, २ र ५ का स्थानीयहरुले साउन १५ गतेदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेपछि स्थानीय सेवाग्राहीहरु समस्यामा परेका हुन् ।

दुई सातादेखि गाउँपालिकामा तालाबन्दी गरिएको भएपनि कुनै पक्षबाट ताला खुलाउने प्रयास नभएपछि स्थानीयहरुलाई सेवा लिन समस्या भएको स्थानीय रमेश जोशीले गुनासो गर्नु भयो ।उहाँले भन्नु भयो– सिफारिस लिन चार पटक गाउँपालिकाको कार्यालयमा पुगे । तर, तालाबन्दीका कारण चारै पटक बिनासिफारिस फिर्ता भए । गाउँपालिकाले समेत तालाबन्दी खुलाउने विषयमा पहल गरेको छैन् । सेवाग्राहीको समस्यालाई कसैले बुझेका छैनन् ।

नयाँ आर्थिक वर्षमा गर्नु पर्ने कामको लागि सूची दर्ता गराउन नगरपालिकाको कार्यालयमा पटक–पटक जाँदा काम हुन नसकेको स्थानीय मदनसिंह धामीले गुनासो गर्नु भयो ।

गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि लेकम गाउँपालिकाकै गाउँकार्यपालिका, गाउँसभा, गाउँपालिकाको सिफारिस र नेपाल सरकारको निर्णय अनुसार गाउँपालिकाको केन्द्र रातामाटा राख्ने निर्णय तीन वर्ष अगाडी नै भएको भएपनि केन्द्र सार्ने विषयमा कुनै पहल नभएपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको स्थानीय दिपक बिष्टले बताउनु भयो ।

विगतदेखि नै गाउँपालिका र जनप्रतिनिधिहरुकै पहल, सहमती तथा निर्णयनुसार रातामाटामा केन्द्र स्थापनादेखि भवन निर्माणका लागि सम्झौता समेत भएकोले गाउँपालिकाले गर्ने कार्यहरु रातामाटाबाटै सञ्चालन गरिने गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउनु भयो ।

बाजुरा जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका पदमबहादुर सिंह २०७८ साउन  महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र आर्थिक, सामिजक तथा सांस्कृतिक अधिकारका विषयमा समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments