Incident Reports

नागरिक उड्डयन प्राधिकरण नटुक्र्याउन माग गर्दै प्रदर्शन – देशसञ्चार

2021-08-16

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ- नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन खोजेको भन्दै कर्मचारी ट्रेड यूनियन ८ औँ दिन पनि आन्दोलनमा उत्रिएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको कर्मचारी ट्रेड यूनियनले सोमवार बबरमहलस्थित प्राधिकरणको मुख्य कार्यालयअगाडि प्राधिकरणलाई टुक्राउनु नहुने मागसहित बिरोध प्रदर्शन गरेको हो।

युनियनले यूरोपियन यूनियन (इयू) मा नेपाल समावेश नभएकोले भन्दै यूरोपियन यूनियनले भनेको मान्न आफू बाध्य नभएको र यूरोपियन यूनियनले प्राधिकरण टुक्राउन नभनेको युनियनका प्रवक्ता अनिलकुमार गुप्ताले बताए।उनले निहित स्वार्थका लागि सरकारले प्राधिकरणलाई टुक्राउन लागेको बताए।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ नेपालका लागि घातक भएको बताए।प्रवक्ता गुप्ताले अहिलेको अवस्थामा नियमनकारी संस्थाको आवश्यक नरहेको जानकारी दिए।कर्मचारी ट्रेड यूनियनले साउन २५ गतेदेखि कार्यालयअगाडि नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ को बिरोध गर्दै आन्दोलनरत छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments