Incident Reports

न्यूनतम तलब तत्काल उपलब्ध गराउन माग गर्दै होटल अन्नपूर्णका कर्मचारी आन्दोलित – Online Khabar

2021-08-18

Bagmati, Kathmandu, Kathmandu

२ भदौ, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णका कर्मचारीहरुले न्यूनतम तलब उपलब्ध गराउन व्यवस्थापनसँग माग गरेका छन् ।बुधबार होटल परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरुले कोरोना महामारीको समयको न्यूनतम तलब उपलब्ध गराउन माग गरेका हुन् । आफ्नो मागको सुनुवाइ नभए कडा आन्दोलन गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् ।

उनीहरुले सरकारले कोरोनाकालमा दिने भनेको न्यूनतम मासिक पारिश्रमिक ५ हजार समेत दुई वर्षदेखि नदिएको भन्दै होटल व्यवस्थापनविरुद्ध चर्को नाराबाजी लगाएका छन् । होटल व्यवस्थापनले होटल एशोसिएन अफ नेपाल (हान)सँग सहमति गरे अनुसारको न्यूनतम तलब समेत उपलब्ध नगराएपछि आफूहरु आन्दोलनमा उत्रनु परेको होटल अन्नपूर्ण आधिकारिक ट्रेड युनियनका अध्यक्ष प्रकाश न्यौपानेले बताए ।

होटल अन्नपूर्णमा करीब दुई सय जना कर्मचारी कार्यरत रहेको बताइएको छ । होटल व्यवस्थापनले आफूहरुलाई न्यूनतम तलब समेत दिने तत्परता नदेखाएपछि आफूहरु होटल परिसरमै आएर विरोध प्रदर्शनमा उत्रनु पर्ने अवस्था आएको न्यौपानेले बताए । उनीहरुले तत्काल होटल सुचारु गरी आफूहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि होटल व्यवस्थापनलाई दबाब दिएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
National/Online Media

0 Comments