Incident Reports

निर्मलाका लागि न्याय माग्दै सावित्री सुवेदीले गरिन् सुदूरपश्चिमका मुख्यमन्त्रीको कार्यालय अगाडि मौन प्रदर्शन – देशसञ्चार

2021-08-17

Sudurpashchim, Doti, Dipayal Silgadi

धनगढी – निर्मलालाई न्याय माग्दै अधिकारकर्मी सावित्री सुवेदीले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि मौन प्रदर्शन गरेकी छन् ।मंगलबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि मौन प्रदर्शन गर्दै उनले निर्मला घटनामा सरकारले कुनै चासो नदेखाएको आरोप लगाएकी छन् ।निर्मलाको हत्या भएको लामो समय हुँदा पनि सरकार मुख दर्शक बनेर बसेको उनले बताइन् । ‘निर्मलालाई न्याय दे’, ‘मेरो शरीर मेरो अधिकार’का प्ले कार्डसहित सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि केही समय मौन प्रदर्शन गरेकी हुन् ।सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने र कानून नबनाएसम्म महिलाहरु चुप नबस्ने उनले बताइन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments