Incident Reports

फल्चा निर्माणका लागि दबाब दिन पुल्चोकमा प्रदर्शन – Online Khabar

2021-08-24

८ भदौ, काठमाडौं । ललितपुरको पुल्चोक क्षेत्रका वासिन्दाले सम्य फल्चालगायत फल्चाहरुको निर्माणको माग गर्दै प्रदर्शन गरेका छन् ।नेवार समुदायको परम्परागत फल्चाहरु नासिएको तर पुनर्निर्माणमा विभिन्न अवरोध भएको भन्दै ललितपुरका वासिन्दाले प्रदर्शन गरेका हुन् ।

ललितपुरको पुल्चोकमा महानगरपालिकाले फल्चा निर्माण गर्न खोज्दा अवरोध भएको थियो । स्थानीय लालीगुराँस सहकारीले फल्चा निर्माण हुन लागेको जग्गा दावी गरेपछि फल्चा निर्माणमा अवरोध भएको थियो ।पुल्चोक क्षेत्रका वासिन्दाले मंगलबार सोही फल्चा निर्माणस्थलमा प्रदर्शन गरेका हुन् । नेवार समुदायमा सामुदायिक विषयमा छलफल, साँस्कृतिक कार्यक्रमहरु प्रदर्शनका लागि सार्वजनिक स्थलमा फल्चा निर्माण गर्ने प्रचलन छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Adivasi/Janajati
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments