Incident Reports

१८ नं. बाहिनीका सैनिक जवानद्वारा स्थानीयहरुमाथि कुटपिट | Nagarik News - Nepal Republic Media

2021-08-24

Province 1, Udayapur, Triyuga, Ward 3

यहाँस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डाका जवानले स्थानीयहरुमाथि कुटपिट गरेका छन्। त्रियुगा नगरपालिका ३ भुल्केस्थित बाहिनीका जवानले जंगलमा घाँसदाउरा गर्न गएकाहरुलाई  मंगलबार कुटपिट गर्दा दुई महिला र एक पुरुष घाईते भएका छन्।स्थानीय ७० वर्षीय वृद्ध ढोराई मियाका अनुसार भुल्केबासीले प्रयोग गर्दै आएको जंगलमा घाँस काट्दै गर्दा जवानहरुले उनीहरुमाथि कुटपिट गरेका हुन्। घाँसदाउरा गर्न गएको ९ महिला र १ पुरुषको समूहमाथि सेनाले हातपात गर्दै उनीहरुको बन्चरो र खुकुरी खोसेको तथा काटिसकेको घाँस घर लान नदिने भनेपछि बिबाद भएको मियाले बताए।

अर्का स्थानीय यदुप्रसाद ढकालका अनुसार सेना र स्थानीयबीच यसअघि पनि जंगल, खोला र सीमानाबारेमा विवाद हुने गरेको थियो। खासगरी स्थानीयको चरिचरण र घाँसदाउरा गर्ने जंगल मिचेर सेनाले घेराबार लगाएपछि बिबाद हुने गरेको उनले बताए। यसपटक पनि सैनिक क्षेत्रभित्र घाँसदाउरा गरेको भन्दै आपत्ती जनाएपछि स्थानीयसँग विवाद भएको अनुमान ढकालले गरेका छन्। कुटपिट भएपछि मंगलबार राति नै स्थानीयहरु जम्मा भएर सेनाको अत्याचारविरुद्ध लड्ने तयारी गरेको भए पनि कोभिड संक्रमणको जोखिम र विवादले कसैलाई फाईदा नगर्ने भएकाले सहमति खोज्न गाउँले राजी भएको ढकालले बताए।

जस अनुसार सेनाले घाईतेको उपचार गरिदिने, आगामी दिनमा सौहाद्र्रपूर्णरुपमा मिलेर बस्ने सहमति भएको छ। छलफलको निश्कर्ष निकाल्न बिहीबार विहान ८ बजे पुन बैठक बस्ने निर्णय भएको छ। बाहिनी अड्डाका सूचना अधिकारी सेनानी (मेजर) विकास शाक्यले स्थानीयहरुले सैनिक परिसरभित्र पसेर घाँसदाउरा गरेको पाइएपछि सम्झाउँन खोज्दा विवाद भएको बताए। सैनिक परिसर प्रवेश नगर्न, घाँसदाउरा नकाट्न अनुरोध गर्दा एक महिलाले खुकुरीले झम्टेपछि खोस्न खोज्दा सामान्य ठेलाठेल भएको तर, बाहिर हल्ला भएजस्तो कुटपिट नगरेको मेजर शाक्यको दावी छ।

घाईतेको पीडित इसराईलको उपचार गरिदिने तथा गरिव परिवार भएकाले एक महिना पुग्ने खाद्यान्न राहतस्वरुप उपलब्ध गराउने तयारी भएको मेजर शाक्यले बताए। आगामी दिनमा स्थानीयबासी र सेना मिलेर बस्ने निश्कर्ष छलफलले निकालेको शाक्यले बताएका छन्।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Excessive Use of Force
Weapons None
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Army
Actor 1 - Youth na
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 3
Female Injured 2
Youth Injured n/a
National/Online Media

0 Comments