Incident Reports

पत्रकारलाई ज्यान मार्ने धम्की दिएकोप्रति प्रेस युनियनको ध्यानाकर्षण - Paschimnepal.com

2021-08-27

काठमाडौं- पत्रकारलाई ज्यान मार्ने धम्की दिएकाप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ। नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष तथा अन्नपुर्णकर्मी बिष्णुप्रसाद न्यौपाने र नागरिक दैनिकका कर्णाली प्रदेश प्रमुख नगेन्द्र उपाध्यायलाई धम्की दिएको घटनाप्रति युनियनको ध्यानाकर्षण भएको हो।

युनियनले समाचार प्रकाशित भएपछि सुर्खेत बिरेन्द्रनगर वडा नं ३ मा रहेको पत्रकार न्यौपानेको घर घेरेर मन्त्रीका आफन्त र समर्थकहरुले ढुङगामुढा गर्ने, सांघातिक आक्रमण गर्न प्रयास गर्ने, टाउको झोलामा जीउ खोलामा भन्दै सार्वजनिक रुपमा हत्या गर्ने धम्की दिने लगायतका प्रवृत्ती दोहोरिरहँदा पत्रकारद्वय न्यौपाने र उपाध्याय भूमिगत हुने अवस्था सिर्जना भएको उल्लेख गरेको छ। बिषम परिस्थितिमा नेपाल प्रेस युनियन पत्रकारद्वयको सुरक्षाप्रति चिन्तित रहेको महासचिव शिवाकोटीले जनाएका छन्। राज्यका जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार प्रवृत्ती उजागर भएपछि कानुन हातमा लिएर जंगलराज बनाउने खोज्ने हर्कतको नेपाल प्रेस युनियनले निन्दा गरेको छ।

मन्त्री शाही र उनका कार्यकर्ताको धम्कीका कारणले लुकेर हिड्न वाध्य पत्रकारद्वयलाई कहि कतै सानो चोट मात्र लागेपनि यसको सम्पूर्ण दोष स्वयं मन्त्रीको हुने महासचिव शिवाकोटीले विज्ञप्तिमा उल्लेख गरेका छन्। पत्रकारद्वयलाई सुरक्षाको पूर्ण प्रत्याभुती दिलाउँदै पूर्ववत रुपमा पत्रकारीता गर्ने वातावरण मिलाइदिन युनियनले स्थानिय प्रशासनसँग जोडदार माग गरेको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments