Incident Reports

प्रदेश सरकार विरुद्ध शहीद परिवारको प्रदर्शन | Janakpur Today

2021-08-26

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम । मधेस आन्दोलनका शहीद परिवारका सदस्य र घाईतेहरुले बिहीवार जनकपुरस्थित मधेस भवन अगाडी प्रदर्शन गरेका छन् ।कार्यालय सहयोगीमा दिएको करार नियुक्तिको म्याद थप नगरेको, कतिलाई नियुक्तिपत्र दिएपनि व्यवस्थापन नगरेको, शहिद प्रतिष्ठान गठन गरेपनि काम नगरेको भन्दै उनीहरु प्रदर्शन गरेका हुन् । प्रदेश सरकारलाई माग पुरा गर्न पटक पटक ज्ञापन पत्र बुझाउँदा पनि वेवास्ता गरेको सर्लाही मलंगवाका मधेस आन्दोलनका शहीद दिनेश राय यादवका भाइ रामनरेश राय यादवले गुनासो गरे । उनले मधेस आन्दोलनकै बलमा सरकार बनेपनि शहिद परिवारलाई अपमान गरिरहेको दुःखेसो समेत पोखे । उनले भने, ‘ एक त योग्यताको आधारमा जागिर दिएको छैन । कार्यालय सहयोगीमा दिएको जागिरको म्याद पनि थप गरिरहेको छैन ।’ मलंगवाकै शहिद नागेन्द्र ठाकुरकी श्रीमती सकुन्तला पनि प्रदर्शनमा सहभागी थिइन् । उनले पनि प्रदेश सरकारले गरेको प्रतिवद्धता पुरा नगर्दा तीन छोरालाई पढाउन नपाएको गुनासो गरिन् । ‘कार्यालय सहयोगी पदमा साढे १९ हजारको जागिर दिएको छ’, उनले भनिन्, ‘त्यो रुपैयाँले घर चलाउने कि छोरा–छोरी पढाउने ?’ प्रक्रिया पुरा गरी आफूहरुलाई स्थायी गर्नुपर्ने प्रदेश सरकारसँग उनको माग छ । यस्तै जनकपुरकै शहिद कारी ठाकुरका छोरा उपेन्द्र ठाकुरले प्रदेश सरकारले नियुक्ति दिएपनि अहिलेसम्म तलब नपाएको गुनासो गरे ।उनले भने, ‘कुन कार्यालयमा काम गर्ने नै ठेगान छैन ।’ २०७६ जेठ ३० मा नै नियुक्तिपत्र सरकारले उपलब्ध गराएपनि ब्यवस्थापन नगरेको उनको गुनासो छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments