Incident Reports

ग्यास लिक भएको भन्दै जगदम्बा स्टिलमा तोडफोड | Nagarik News - Nepal Republic Media

2021-08-27

Madhes, Bara, Jitpur Simara

वीरगञ्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा शुक्रबार स्थानीयहरुले तोडफोड गर्नुको साथै जस्ता प्लान्टको गेटमा तालाबन्दी समेत गरेका छन्।जस्ता प्लान्टबाट ग्यास लिक भएको भन्दै आक्रोशित स्थानीयहरुले उद्योगमा तोडफोड गर्नुको साथै तालाबन्दी गरेका हुन्।उद्योगबाट ग्यास लिक भएको बहानामा शुक्रबार उद्योगमा लुटपाट गरिएको र यसबाट उद्योगमा काम गर्ने कर्मचारीमा डरको माहौल बनेको उद्योगका सञ्चालक पवन गुप्ताले गुनासो गरेका छन्। जस्ता प्लान्टबाट ग्यास लिक भएपछि तत्कालको लागि जस्ता प्लान्टलाई बन्द गराउनुको साटो स्टिल उद्योगमा जबरजस्ती प्रवेश गरि कम्प्युटर, ल्याप्टप, कुर्सी, दराज, मोटरसाईकल लगाएतका गाडीहरुमा तोडफोड गर्ने कार्यले हद पार गरेको गुप्ताले बताए। केही स्थानीयहरुले पटक-पटक उद्योगमा बिभिन्न बहानामा आक्रमण गर्दै आए पनि अर्बौ राजश्व बुझाउने उद्योगलाई प्रहरी, प्रशासनले सुरक्षा दिनुको साटो आक्रमणकारीहरुलाई संरक्षण गरेको देखेर सिमरामा डरको माहौल बन्दै गएको गुप्ताले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Other
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments