Incident Reports

शवसहित प्रदर्शन | Janakpur Today

2021-08-27

Madhes, Bara, Jitpur Simara, Ward 11

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ अमाडारका स्थानीयले शवसहित वडा कार्यालय अगाडि प्रदर्शन गरेका छन् । स्थानीयबासीहरुले वडा कार्यालयको लापरबाहीले युवाको मृत्यु भएको भन्दै वडा कार्यालय अगाडि शव राखेर प्रदर्शन गरेका हुन् । उनीहरुले वडा कार्यालयले मृतकका परिवारजनलाई क्षतीपुर्ति दिनुपर्ने माग गरेका छन् । उचित क्षतिपुर्ती नपाएसम्म आफुहरुको शब सहितको बिरोध प्रदर्शन जारी रहने बताएका छन् । शुक्रबार मोटरसाईकल अनियन्त्रित भई कल्भर्ट नजिकैको कुलोमा खसेर स्थानीय युवकको मृत्यु भएको थियो । मृत्यु हुनेमा स्थानीय २० बर्षिय प्रमोद चौधरी रहेका छन् । राती करिब ८ बजे मोटरसाईकल लिएर आउँने क्रममा कल्भर्ट नजिकै लडेर मोटरसाईकल दुर्घटना भएको थियो । कुलोमा मोटरसाईकल सहित लडेका चौधरीको घट् ना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments