Incident Reports

सडक मर्मतको माग गर्दै जनकपुरधाममा प्रदर्शन | Janakpur Today

2021-08-28

Madhes, Dhanusha, Janakpur

वर्षौंदेखि जीर्ण सडक मर्मत नगर्दा आवतजावतमा समस्या भएको भन्दै जनकपुरधामको पुलचौकमा स्थानीय युवाहरुले सडक जाम गरेर प्रर्दशन गरेका छन । जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत जनकपुरधाम १ र १६ को विचिमा रहेको पुलमा बासको ढाठ लगाउदै स्थानीय युवाहरुले आइतबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन् । स्थानीयले टायर बालेर र बाँस तेर्स्याएर सडक अवरुद्ध गरेका छन् ।सडकमा भएका ठूला–ठूला खाल्डोको मर्मत गर्न पटक–पटक सम्बन्धित निकायलाई भन्दा पनि चासो नलिएका कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको स्थानीय युवा तथा पुलचौक युवा कल्वका उपाध्यक्ष किसन साहले बताए । अहिले लगातार वर्षा हुँदा खाल्डोमा पानी जमेर एकदमै समस्या भएको स्थानीयको भनाइ छ ।सडकको दयनिय अवस्थाको कारणले गर्दा दिनहु दुर्घटना हुँदै आएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments