Incident Reports

फाहोर नउठेको विरोधमा कुचो बोकेर निस्किए अभियन्ता [तस्बिरहरू]- फोटोफिचर - कान्तिपुर समाचार

2021-08-31

काठमाडौँ — लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै सरसफाइ अभियन्ताहरूले मंगलबार रत्नपार्कमा सांकेतिक प्रदर्शन गरेका छन् । करिब ५० जना जम्मा भएर रत्नपार्कदेखि ठमेलसम्म उनीहरूले फोहोर संकलन गरेका थिए । संकलित फोहोर पैदल नै सिसडोल पुर्‍याउने अभियन्ता सुशीला महर्जनले बताइन् ।

उनीहरूले सिसडोलस्थित डम्पिङ साइट अव्यवस्थित भएकाले बन्द गर्नुपर्ने र बन्चरेडाँडामा निर्माणाधीन साइट छिटो सम्पन्न गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले ‘फोहोर नगरौँ, सफा त्यसै हुन्छ’, ‘म मेरो देशमा फोहोर गर्दिनँ’, ‘यो सुन्दर मनरोम उपत्यकालाई थुपारेर अन्तर्राष्ट्रिय बेइज्जत नगरौँ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा विश्व सफाइ अभियान, राष्ट्रिय युवा परिषद् नेपाल, नेवा लहना सामाजिक आर्थिक समृद्धिलगायतका समूह सहभागी थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 45
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments