Incident Reports

गर्भवतीको मृत्युपछि पीडितद्वारा अस्पतालमा धर्ना | Nagarik News - Nepal Republic Media

2021-09-03

हिँडेर नियमितजस्तै स्वास्थ्य जाँच गर्न आएकी गर्भवती महिलाको मृत्यु भएपछि शुक्रबार भक्तपुरको भेलुखेलस्थित सिद्धि स्मृति महिला तथा बाल अस्पताल दिनभर तनावग्रस्त बनेको छ।जिल्लाको चाँगुनारायण नगरपालिका नगरकोटबाट अरु बेलाजस्तै स्वास्थ्य जाँच गर्न आएकी वर्ष ३० की रीता तामाङको मृत्यु भएपछि पीडित पक्षले दिनभर अस्पताल परिसरमा धर्ना दिए। चिकित्सको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै उनीहरु आक्रोशित भएका थिए। हिँडेर आएकी रीताको अस्पतालका चिकित्सकले लापरबाही गरेकै कारण मृत्यु भएको भन्दै उनीहरुले दिनभर ‘न्याय चाहियो’ भन्दै धर्ना दिएका थिए।

रीता गर्भवती भएदेखि अस्पतालमा निरन्तर फलोअपमा थिइन्। त्यही क्रममा पछिल्लो मंगलरबार उनी हिँडेर अस्पताल पुगेकी थिइन्। त्यतिबेला चिकित्सकले डेलीभरी समय भएको भन्दै उनको शल्यक्रिया गरे। शल्यक्रियापछि उनले छोरीको पनि जन्म दिइन्। तर आमाको अवस्था बिग्रँदै गयो। त्यसपछि आमा रीतालाई बिहीबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा रिफर गरी पठाइयो। रिफर गरेको पठाएको भोलिपल्ट अर्थात् शुक्रबार बिहान शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकले उनलाई मृत घोषणा गरे।

त्यसपछि शुक्रबार विहानदेखि पीडित पक्षका मानिस सिद्धि स्मृति महिला तथा बाल अस्पताल आइ विरोध जनाउन पुगेका थिए। मृत आमा रीताले पाएकी छोरी भने सिद्धि स्मृति महिला तथा बाल अस्पतालको आइसियुमा राखिएको छ।

मृतक रीताका श्रीमान् धनबहादुरले चिकित्सकको लापरबाहीले श्रीमतीको मृत्यु भएको आरोप लगाए। ‘अस्पतालमा चेक अपमा आउँदा सबै अवस्था ठिक रहेकाले हिँडेर आएकी श्रीमतीलाई मृत्युको मुखसम्म पुर्याउने चिकित्सकमाथि कारबाही हुनुपर्छ, उनीहरुको लाइसेन्स खारेज हुनुपर्छ’, उनले नागरिकसँग भने, ‘जन्मेकी शिशुको भविष्य पनि सुनिश्चित हुने गरी अस्पतालले बन्दोबस्त मिलाउनुपर्छ, हामीलाई न्याय चाहिन्छ।’

पारिवारिक स्रोतका अनुसार रीता गर्भवती भएको नौ महिना भएको छ। उनको डेलिभरी सयम भदौ २१ गते दिइएको थियो। त्यसकारण अस्पताल आउँदा डेलिभरी गर्न भनी आएका थिएनन्। बरु नियमित चेकअपका लागि आएका थिए। तर उनलाई त्यही दिन शल्यक्रिया गरिएको थियो। केही नभएकी गर्भवतीको मृत्यु भएपछि धेरै नगरकोटवासीहरु अस्पताल पुगेर दिनभर विरोधमा उत्रेका थिए।

पीडित पक्षसँग अस्पताल प्रशाशनले दिनभरको वार्तापछि जन्मेकी शिशुलाई दुई वर्षसम्म अस्पतालले पालनपोषण गर्ने र उनलाई कक्षा १२ सम्म पढाउन खर्चको बन्दोबस्त गरिदिने सहमति भएको जनाइएको छ। मृतकको शुक्रबार नै दाहसंस्कार गरिएको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments