Incident Reports

राजर्षि जनक विश्वविद्यालयको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी « News24 : Premium News Channel

2021-09-08

Madhes, Dhanusha, Janakpur

धनुषा । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरिएको छ । पेपर कोर्ष करारका शिक्षकहरुले तालाबन्दी गरेका हुन् । आन्दोलनरत शिक्षकहरुको मागलाई बेवास्ता गरेपछि बाध्य भएर अनिश्चितकालित तालाबन्दी गर्नुपरेको राजर्षि जनक विश्वविद्यालय पेपर कन्ट्रयाक्ट शिक्षकहरुको भनाई छ । स्थापनाकालदेखि पेपर कोर्स कन्ट्रयाकमा काम गरिरहेका उनीहरू करार नियुक्तिको माग गर्दै बिगत एक महिनादेखि आन्दोलन गर्दै आएका छन् । आन्दोलनरत शिक्षकहरुले तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत बुधबार उपकुलपति भरत झा र रजिष्ट्रार महेन्द्रप्रसाद यादवको कार्यकक्षमा लाता लगाएका छन् । यसअघि उनीहरुले साउन २४ देखि २९ गतेसम्म टाउकोमा कालोे फेटा बाँधेर आन्दोलन गरेका थिए भने भदौ ८ गतेदेखि विश्वविद्यालयको मूल प्रवेशद्वारमा धर्ना बसेका थिए । शिक्षकहरु आन्दोलनमा उत्रेपछि विश्वविद्यालयको पठनपाठन ठप्प भएको । राजर्षि जनक विश्वविद्यालय पेपर करार शिक्षक संघका संयोजक दिलिपकुमार यादवले आन्दोलन थालेपछि उपकुलपति झा कार्यालयमा नआएको बताउँदै सम्पर्कमा आएर आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गरिदिन भनेका छन् । यथाशीघ्र माग सम्बोधन नगरे आमरण अनशनसम्मका कडा संघर्ष थालिने संयोजक यादवले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments