Incident Reports

शिक्षक रानाको परिवारले छैठौं दिनमा तोड्यो आमरण अनशन - Khabar Break

2021-09-05

Sudurpashchim, Baitadi, Dasharathchanda, Ward 4

बैतडी । जिल्ला समन्वय समिति बैतडीमा गत आइतबारदेखी आमरण अनशन बसेको शिक्षक करन रानाको परिवारले शुक्रबार अनशन तोडेको छ । १४ महिनाको तलव नपाएपछि अनशन बसेका निम्न माद्यमिक तह राहत कोटाका शिक्षक रानाले माग पुरा गर्ने आश्वासन पाएपछि अनशन तोडेका हुन् । उनी श्रीमती र चार छोराछोरीसहित अनशन बसेका थिए । दशरथचन्द नगरपालिका वडा नम्बर-४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा कार्यरत रानाले जिल्ला शिक्षा समितिले तलव उपलब्ध गराउने भनेपछि अनशन तोडेको बताएका छन् ।

शिक्षक रानाले भने, ‘आज जिल्ला शिक्षा समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुखलगायत सरोकारवालाहरू आउनुभयो । माग सम्बोधन गर्छौ, भन्नुभयो र मैले अनशन तोडेको छु । माग पुरा नभए फेरी अनशन बस्ने छु ।’ रानाले अहिले काजमा काम गरिरहेकै विद्यालयमा पदस्थापन गरिदिनसमेत माग गरेका छन् । राना २०७२ सालमा आफ्नो गाउँ शिवनाथ-६ कानलिबाट विस्थापीत भएका ब्यक्ति हुन् ।  एक युवतिको अन्तरजातीय विवाह गराएको झुटो आरोप लागेपछि राना परिवार गाउँबाट विस्थापित भएको थियो । गाउँ छोडेको केहि दिनमै उनको घरसमेत जलाइएको थियो । उनीले सो समयमा जागीरबाट समेत निकालिएका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments