Incident Reports

सिम्रौनगढ आधारभूत अस्पतालमा तोडफोड- प्रदेश २ - कान्तिपुर समाचार

2021-09-13

Madhes, Bara, Simraungadh

बारा — सिम्रौनगढ नगरपालिकास्थित नगरस्तरीय आधारभूत अस्पतालमा तोडफोड भएको छ । सर्पदंसका डेढ वर्षीय बालकको समयमा नै उपचार नपाएर मृत्यु भएको भन्दै पीडित परिवार र स्थानीयले सोमबार अस्पताल तोडफोड गरेका हुन् । आइतबार राति सिम्रौनगढ नगरपालिका–२ मौवाही टोलका सतिश साहको छोरालाई सर्पले टोकेपछि नगरपालिकाले सिम्रौनगढ बजारमा सञ्चालन गर्दै आएको आधारभूत अस्पतालमा ल्याएका थिए । बालकको अवस्था गम्भीर रहेको भन्दै त्यहाँबाट थप उपचारका लागि अन्यत्र लैजान स्वास्थ्यकर्मीले सिफारिस गरेका थिए । बालकको मृत्यु भएपछि सोमबार बिहान आक्रोशित आफन्त र गाउँलेले अस्पताल तोडफोड गर्नुका साथै नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेका थिए । घटनामा नगर प्रहरीसहित अन्य १२ जना समान्य घाइते छन् । उनीहरुको पनि इन्डो अस्पतालमा उपचार भइरहेको सिम्रौनगढ अस्पतालका इन्चार्ज जितेन्द्र यादवले जानकारी दिए । आक्रोशित गाउँलेहरुले नगरपालिकको ढोका फोड्नुको साथै अस्पतालको झ्याल,फार्मेसी, ल्याब, कम्प्युटरसमेत तोडफोड गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total Injured 12
Totally damaged Vehicles 1
National/Online Media

0 Comments