Incident Reports

मुद्दा दर्ता नगरेको भन्दै प्रहरी कार्यालय घेराउ | Ratopati

2021-09-16

Madhes, Dhanusha, Mukhiyapatti Musarmiya, Ward 3

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ स्थित तुल्सियाहीमा मुस्लिम समुदायबीच नमाज पढ्ने विषयमा भएको विवादमा पीडकसँग घुस लिई पीडितको मुद्दा दर्ता नगरेको भन्दै प्रहरी उपरीक्षक प्रकाश रानाभाट विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । तुल्सियाही गाउँबाट पीडित पक्षका मान्छेहरूले प्रहरी उपरीक्षक रानाभाट विरुद्ध चर्को नाराबाजी जुलुस प्रदर्शन गर्दै जिप्रका अगाडी करिब डेढ घण्टासम्म नाराबाजी गरेका थिए । उनीहरूले पीडितको मुद्दा दर्ता गरी छानबिन गरेर दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । पीडित पोषण राईनका छोरा मुमताज राईनले मुस्लिम समुदायको आन्तरिक झैँ झगडामा प्रहरीले घुस लिएको आरोप लगाए । घटना बारे मुमताज राइनले भने– करिब तीन साता पूर्व गाउँको मस्जिदमा मौलाना नभएको बेला आफ्नो बुवा पोषण राईन नमाज पढाउन गएको बेला स्थानीय २२ वर्षीय मुमताज अन्सारीले नमाज पढाउन नदिने भन्दै गाली गलौच गर्दै दुर्व्यवहार गरेको थियो । नमाज पढाउन नदिने विषयमा भएको विवादको क्रममा कुटपिट समेत भएको थियो । सो क्रममा राईन पक्षका ३ जना र अन्सारी पक्षका १ जना घाइते भएको थियो । घटनालाई स्थानीयस्तरमै आफ्नै समुदाय भित्रै मिलाउने प्रयास भयो । तर स्थानीयस्तरमा आफ्नै समुदाय भित्रको विवाद प्रहरीसम्म पुगेपछि पीडितले न्यायका लागि गुहार लगाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गराउन पुगे । प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि प्रहरी विरुद्ध नै मुस्लिम समुदायहरू नाराबाजी सहित प्रदर्शनमा उत्रेका छन् । यता धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले मुस्लिम समुदाय बीचमा भएको विवादको बारेमा छलफल भइरहेको जानकारी दिए । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments