Incident Reports

राप्तीमा अभियुक्तलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण, प्रहरी निरीक्षकसहित सात घाइते - No. 1 news Portal of Mid Nepal…

2021-09-17

Bagmati, Chitawan, Rapti, Ward 9

चितवन : पुर्वी चितवनको राप्ती नगरपालिका ९ सितलटोलमा प्रहरी र स्थानीय बीच झडप भएको छ । गएराती साँढे नौ बजेको समयमा स्थानीय ५० बर्षीया दशरथ मल्लले फलामको गलले हिर्काइ सोही ठाउँ बस्ने ५९ बर्षिया कान्छा लामाको हत्या गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिन घट्नास्थल पुगेको ईलाका प्रहरी कार्यालय भण्डाराको टोलीलाई अवरोध सृजना खडा गर्दै ढुंगामुढा गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । स्थानीयसँग भएको झडपमा परी जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक श्याम बस्नेत, ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक रोशन खड्का घाइते भएका छन् । त्यस्तै, दंगा प्रहरी नियन्त्रण गण दरबन्दी भई थप जिल्ला प्रहरी कार्यालय चितवनमा थप टोली आएका प्रहरी जवान अनिल बिक, प्रहरी जवान निकेश प्रजा, प्रहरी हवल्दार टेकेन्द्र राना समेत घाइते भएका छन् । स्थानीयका तर्फबाट सुश्मा पुन र कुशल पुन समेत घाइते छन् । घाइते भएका प्रहरी निरीक्षक खड्काको आँखामा गहिरो चोट लागेको छ भने, विकको दाँत भाँचिएको छ । उनीहरूको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडप भएको हो । स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो । मृतकको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । रातभर तनावग्रस्त भएको त्यहाँको अवस्था अहिले सामान्य हुँदै गएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 7
Female Injured 1
Youth Injured n/a
National/Online Media

0 Comments