Incident Reports

नाकको हड्डी भाच्ने धम्की दिने मेयर : 'आईमाई' भन्दै अपमान गरेपछि अफिसमा ताला - Kantipath.com

2021-09-22

Province 1, Sunsari, Itahari

बारम्बार विवादित विषयले चर्चामा आइरहने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा परेका छन्। कार्यालयमा सेवा लिन आएका महिलालाई अपशब्द बाेल्दै दुर्व्यवहार गरेकाे भन्दै महिला अधिकारकर्मीले उनीविरुद्ध आन्दोलन थालेका हुन्।

नाराबाजी गर्दै विराेधमा उत्रिएका महिला अधिकारकर्मीहरूले बुधबार मेयर चौधरीको कार्यकक्षमा ताला लगाइदिएका छन्। मेयर चौधरीले केही दिनअघि कार्यकक्षमै महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेकाे आरोप लागेको हाे।

सरकारी सेवा लिन गएका बेला मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो’ भनेर अपमान गरेको आरोप छ। आन्दोलनरत महिलाले बुधबार उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै कार्यालय परिसरमा ‘संयुक्त विरोध कार्यक्रम’ गरेका हुन्। उनीहरूले चौधरीलाई कारबाही गर्न माग गरेका छन्। कारबाही नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

यसअघि पनि उनले पत्रकारको नाक भाँच्न बजेट छुट्याएको तथा महिलालाई नै दुर्व्यवहार गरेको लगायत घटना सार्वजनिक भएका थिए। इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी मेयर चौधरीले नाकको हड्डी भाँच्न एक करोड छुट्याएर राखेको बताएका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other governance issues
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments