2021-09-25
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको गृहनगर वीरगन्जमा उनीविरुद्ध शनिबार प्रदर्शन भएको छ। प्रदर्शनकर्ताले मुख्यमन्त्री राउतको प्रतिमा जलाएर उनले मदरशा शिक्षा विधेयक ल्याउन लागेको भन्दै आक्रोश जनाए। मदरशा शिक्षालाई प्रदेशको तालिबानीकरण भन्दै उनीहरुले विरोध जनाएका थिए। राष्ट्रिय एकता अभियानको अगुवाईमा भएको प्रदर्शनका सहभागीले वीरगन्जमा विरोध र्यालीपछि मुख्यमन्त्री राउतको प्रतिमा दहन गरेका थिए। ‘मदरशा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई यिनले तालिवान बनाउन खोजेका छन्, पाकिस्तान र अरु इस्लामिक कट्टरपन्थी शक्तिहरुको ईसारामा नेपालको इस्लामिकीकरणको योजनाअनुसार मदरशा शिक्षा विधेयक ल्याएर प्रदेश २ बाट तालिवान उत्पादन गर्न खोजिको हो,’ अभियानका केन्द्रीय संयोजक विनय यादवले भने, ‘हामी यस्तो षडयन्त्र सफल हुने दिने छैनौं।’ मुख्यमन्त्री राउतले पछिल्लो समयमा मन्दिर प्रांगणहरुमा आफ्नो तस्वीर लगाएर बहुसंख्यक हिन्दुहरुको भावनाको अपमान गरेको यादवको आरोप थियो। ‘मदरशा शिक्षा विद्येयक फिर्ता गर, प्रदेशलाई तालिवान बनाउने मुख्यमन्त्री राजिनामा दे’ लेखिएको ब्यानरसहित निकालिएको विरोध जुलुसका सहभागीहरुले मदरशा विधेयक खारेज गर, प्रदेश २ लाई तालिवान बनाउन पाउँदैन, नेपाललाई हिन्दुराष्ट्र कायम गर लगायतको नारा लगाएका थिए।वीरगन्जको गहवामाई मन्दिर अगाडीबाट निकालिएको विरोध जुलुस घण्टाघर चोकमा पुगी कोणसभामा परिणत भएको थियो। जातीय शिक्षा बलजफ्ती ल्याउन खोजे प्रदेश सरकार र मुख्यमन्त्रीविरुद्ध कडा आन्दोलन गर्नेसमेत यादवले चेतावनी दिए। जिल्ला अध्यक्ष श्याम किशोर तिवारीको अध्यक्षता भएको सो कोणसभामा हिन्दुवादी नेता देवनाथ उपाध्याय, राष्ट्रिय विद्यार्थी परिषदका अध्यक्ष विवेक कुशवाहा, हिन्दु अभियानता पुरुषोत्तम दुवे, डा. अनिल झालगायतको सहभागिता रहेको थियो।
Violent / Non-violent | Nonviolent |
Primary Form | Other forms of non-violent protest |
Primary Cause | Other governance issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | HRD |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | State-level authorities for (yet to be formed) provinces |
Actor 2 - Youth | unknown |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD