Incident Reports

ट्रयाकटर चलाक कुटिएको भन्दै निकुञ्ज कार्यालय घेराउ - No. 1 news Portal of Mid Nepal…

2021-09-24

Bagmati, Makawanpur, Manahari

हेटौडा : पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा ट्रयाकटर व्यवसायीहरुले बिनाकारण आफ्ना ट्रयाकटर चालकहरुलाई निर्घाट कुटपिट गरेको भन्दै शुक्रबार गाउपालिकाको कार्यालय रजैया र पर्सा रास्ट्रिय निकुञ्ज लामिटार कार्यालयमा घेराउ गरेका छन । बिहिबार ज्यामिरेबाट निकुञ्ज प्रशासनले नियन्त्रणमा लिएका ट्रयाक्टर र चालकलाई लामिटार पोस्टमा लगेर कुटपिट गरेको घटना सार्बजनिक भए संगै पश्चिम मकवानपुर ट्रयाकटर ब्यबसायी संघको अगुवाइमा व्यवसायी तथा मजदुरहरुको सहभागीतामा बिरोध गरेको हो । चालक कुटिएको बारे गाउँपालिकामा ध्यानाकर्षण गराई पदमपोखरी सेक्टर लामिटार पोस्टमा पुगि छलफलको लागि जम्मा भएको थियो ।गाउपालिकाको तर्फबाट उपाध्यक्ष मनिला बिस्ट, वडा नम्बर ९ का अध्यक्ष साधुराम अधिकारी, नारायण श्रेष्ठ ट्रयाकटर ब्यबसायी संघको अध्यक्ष बाबू स्याङ्तान, उपाध्यक्ष सोमराज राई, ट्रयाकटर ब्यबसायी र मजदुरहरुको उपस्थिति रहेको थियो । विभिन्न ठाउँमा फसेर बसेको प्रशासनको सवारीसाधनलाई ट्रयाकटर जेसिभी ल्याएर निकालेर सहजिकरण गरेका हुन्छौ तर चालकहरुलाई अभद्र व्यवहार संगै कुटपिट, अपशब्द प्रयोग गरेको भन्दै प्रशासनको ज्यादती रोकिनु पर्ने व्यवसायीहरुले बताए । त्यस्तै, पालिकाले नदिजन्य पदार्थ उत्खनन् गर्न अनुमती दिन ढिला गर्ने, बफर्जोनले पनि पहल कदमी नचालेको भन्दै व्यवसायीहरुले असन्तुष्टि ब्यक्त गरेका छन् । चाडबाड नजिकिदै गर्दा कैयौ श्रमिकहरु भोकै बस्नुपर्ने अवस्था आएको भन्दै मजदुरहरुले आक्रोश व्यक्त गरेका थिए । आइतबार पुन:छलफल गर्नेगरि आज शुक्रबार बिना निष्कर्ष टुङ्गिएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments