Incident Reports

टिपरको ठक्करले एकको मृत्यु भएपछि स्थानीयद्वारा पूर्व-पश्चिम राजमार्गमा अवरोध :: Setopati

2021-09-27

पूर्व-पश्चिम राजमार्गस्थित माइधारमा टिपरले हाथी गाडीलाई ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्। सोमबार बिहान को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिएको हो। ठक्कर दिँदा उक्त गाडी उछिट्टिएर कनकाई नहरभित्र पसेको थियो।

चालकको मृत्यु भए पनि उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रदेश-०३-००१-क ००९५ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीलाई टिपरले पछाडिबाट ठक्कर दिएको थियो। माइधारमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेकाले गाडी स्लो गर्दा पछाडिबाट आएको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयले गलत ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गरेको भन्दै ट्राफिक प्रहरीमाथि कारबाही माग गर्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराएका हुन्। उनीहरूले पीडितको पहिचान गरी उनका परिवारलाई तुरुन्त बोलाउन पनि माग गरेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments