Incident Reports

आन्दोलित आफन्तहरुले माग पूरा नभएसम्म मृतकको शव नबुझ्ने (भिडियो) « News24 : Premium News Channel

2021-09-25

Lumbini, Banke, Kohalpur, Ward 4

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ४ किरणनालास्थित स्थानीयहरु सडकमा उत्रिएका छन् । शनिबार कोहलपुरको एनसिसिएन नजिकै ट्याक्टरले ठक्कर दिएर कोहलपुर वडा नम्बर ३ निवासी अन्दाजी ४० वर्षका सन्तोष अधिकारीको मृत्यु भएपछि स्थानीयहरु सडकमा उत्रिएका हुन् । लु २ त ४७८४ नम्बरको ट्याक्टरले बेलुकी पौने ८ बजेतिर कोहलपुर वडा नम्बर ३ निवासी अन्दाजी ४० वर्षका सन्तोष अधिकारीलाई ठक्करका कारण अधिकारीको मृत्यु भएको थियो । ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएका कोहलपुरका सन्तोष अधिकारीको शव आफन्तले अझै बुझेका छैनन् । मृतकका आफन्तले विभिन्न माग राखेर शव नबुझेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । डिएसपी रविन्द्र खनालले सहमतिका लागि दुई पक्षबीच छलफल भइरहेको बताईएको छ । मृतकका आफन्तहरुले माग पुरा नभएसम्म आन्दोलन चर्काउने जनाएका छन् । सोमबार करिव २ घण्टा किरणनाला स्थित चक्का जाम गरेको स्थानिय प्रकाश भट्ट क्षेत्रीले बताए । घट्नाको सत्य तथ्य बुझ्नको लागि डिएसपी खनाल र आफन्तबिच मंगलबार २ बजेसम्मको लागि आन्दोलन स्थगित गर्न आग्राह गरिएको स्थानीय रमेश बिसीले बताए । दुई घण्टाको शान्तिपूर्ण चक्का जाम पछि स्थानीय साम्य भएका थिए । डिएसपी खनालले मंगलबारसम्म समय दिन माग गरेसँगै आन्दोलन स्थगित गरिएको स्थानीय निर्वाचन भट्टराईले बताए । फरार रहेका चालकलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । अहिले मृतकको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमै रहेको र आफन्तले शव नबुझेको डिएसपी खनालले बताएका छन् । डिएसपी खनालका अनुसार मृतकका आफन्तले ट्याक्टर चालकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेका छन् । उनले भने, ‘ड्राईभर र ट्याक्टर नियन्त्रणमा लिएका छौं । कानुनबमोजिम कारवाही हुन्छ ।’ प्रत्यक्षदर्शीका अनुसार ट्याक्टरले सवारी नियमको उल्लंघन गरेर अधिकारीलाई ठक्कर दिएको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments