Incident Reports

गाई काटेको आरोपमा पक्राउ परेकाको रिहाईको माग गर्दै हेटौंडामा प्रदर्शन (तस्विरहरु) - Khabar Break

2021-09-27

Bagmati, Makawanpur, Hetauda

हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाबाट गाई काटेको आरोपमा पक्राउमा परेकाहरुलाई बिना शर्त रिहाईको माग गर्दै आज हेटौंडामा शान्तिपूर्ण प्रर्दशन गरिएको छ ।नेपाल तामाङ घेदुङ बकैया गाउँपालिकाको आयोजनामा हेटौंडाको बुद्धचोकमा शान्तिपूर्ण प्रर्दशन रहेको थियो ।प्रर्दशनमा सहभागिहरुले प्रहरी हस्तक्षेप विरुद्धमा ‘प्रहरी दमन बन्द गर,झुट्टा आरोप खारेज गर,संवैधानीक विभेदखारेज गर,गाई काटेर हाम्रो अधिकार हो अपराध हैन,विना सर्त रिहा गर,झुटो आरोप लगाई फसाएका निर्दोष व्यक्तिहरु अबिलम्ब रिहा गर’ लगाएत प्ले कार्डहरु बोकेका थिए ।

गाई काटिरहेको खबर पाएपछि मकवानपुर प्रहरीले गत असार ३ गते साँझ १० जनालाई पक्राउ गरेको थियो । पक्राउमा पर्ने मध्ये एक १६ वर्षीय सन्देश बिक छुटेका छन् । उनीलाई पछि आवश्यक अनुसन्धान गर्नु परेको अवस्थामा उपस्थित गराउने शर्तमा छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुर प्रहरीले बाँकी ९ जनालाई १४ दिनको म्याद थप गराई आवश्यक अनुसन्धानको लागि हिरासतमा राखेको छ ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Other indigenous organizations
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments