Incident Reports

सेनिटरी प्याड निःशूल्क वितरण गर्न माग गर्दै नेपालगन्जमा विरोध प्रदर्शन

2021-09-28

Lumbini, Banke, Nepalgunj

नेपालगन्ज । सेनिटरी प्याड निःशूल्क माग गर्दै नेपालगन्जमा विरोध प्रदर्शन गरिएको छ । सेनेटरी प्याडमा भएको मुल्य वृद्धिको विरोधमा मंगलवार नेपालगन्जमा बिरोध प्रदर्शन गर्दै सरकारसंग निशुल्क प्याड वितरणको माग गरेका हुन् । महिनावारी मैत्रीवातावरण बनाउन सरकारलाई दवाव दिने उद्देश्यले जिल्लाका युवाहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।

‘स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान, निः शूल्क सेनेटरी प्याड अभियान’ भन्ने नारासहित उनीहरुले वीपी चोकबाट ¥याली निकाले थिए । ¥यालीसहित उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाइएको अभियान्ता स्वेता गुरुङले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय र आठ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाईने कार्यक्रम सहित आज विरोध प्रदर्शन गरिएको गुरुङले बताउनुभयो ।

नेपाल पुरुष प्रधान देश भने जस्तै प्रत्येक स्वास्थ्य चौकीबाट निशुल्क रुपमा कण्डम बितरण गरेको छ । तर महिलाहरुलाई अति आवश्यक रुपमा चाहिने सेनेटरी प्याडमा सरकारले करबृद्धि गरेको कारण बिरोध प्रदर्शन गरिएको बाल अधिकारकर्मी अंकित मिश्राले बताउनुभयो । साँकेतिक बिरोध प्रदर्शन गरि नेपाल सरकारले तत्काल रुपमा प्याडलाई निःशुल्क बितरण गर्न पर्ने मिश्राले बताउनुभयो । स्थानीय सरकारले प्रत्येक बिद्यालयमा सेनेटरी प्याडको ब्यवस्था भैसकेको बताएपनि त्यो अनुसार अझै सेवा सुबिधा नपाएको युवाहरुको भनाई थियो । विरोध प्रदर्शन कार्यक्रममा किशोरी अभियानमा क्रियाशील विभिन्न संघसंस्थाको आयोजनामा विरोध ¥याली प्रदर्शन गरिएको थियो । उनीहरुले कण्डम जस्तै सेनिटरी प्याडलाई पनि निःशूल्क गराउनु पर्ने माग राखेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments