Incident Reports

शिक्षक आन्दोलित- गण्डकी - कान्तिपुर समाचार

2021-09-30

नवलपुर — राज्यले शिक्षकलाई विभेद गरेको भन्दै नेपाल स्थायी शिक्षक हकहित मञ्च आन्दोलित भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत निजामती कर्मचारीलाई वार्षिक भ्रमण खर्चबापत १० दिनको पर्यटन काज, तलब र अन्य सुविधा दिने घोषणा गरेको छ । तर स्थायी शिक्षकलाई यो सुविधाबाट वञ्चित गरिएको भन्दै देशभरका स्थायी शिक्षक आन्दोलित भएका हुन् । राज्यले शिक्षकलाई र शिक्षण पेसालाई नै अपमान गरेर विभेदकारी नीति लिएको भन्दै नवलपरासीलगायत देशैभरका शिक्षकले बिहीबार हातमा कालोपट्टी बाँधेर विरोध जनाएको मञ्च नवलपरासीका संयोजक कुसुम न्यौपानेले बताए । सरकारले तत्कालै स्थायी शिक्षकलाई पनि निजामती कर्मचारीसरह सुविधा उपलब्ध नगराएमा थप संघर्षमा उत्रिने मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले चेतावनी दिए । ‘राज्यले शिक्षक र यो पेसालाई नै होच्याउने र अपमान गर्ने हेतुले यस्तो नियम ल्याएको महसुस गरेका छौं,’ उनले भने ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments