Incident Reports

धनुषाको सबैला नगरपालिकामा सूचना नदिएको भन्दै मेयरविरुद्ध भैँसी जुलुस | Radio Nepal | रेडियो नेपाल

2021-10-02

Madhes, Dhanusha, Sabaila

भ्रष्टाचार गरेको आरोप लगाउँदै धनुषाको सबैला नगरपालिकाका मेयर विजय शङ्कर साह र कर्मचारी विरुद्ध नगरवासीले भैँसी जुलुस प्रदर्शन गरेको छ ।

भ्रष्टाचारविरुद्ध संयुक्त सङ्घर्ष समितिको पदाधिकारीले विभिन्न शीर्षकमा सूचना माग गर्दै विगत १४ दिनदेखि अनसन जारी राखेकोमा उहाँहरूको समर्थन गर्दै नगरवासीले आज मेयर साह र कर्मचारीहरू विरुद्ध भैँसी जुलुस निकालेका हुन् ।

सूचना माग गर्दा नगरप्रमुख साहसहित प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर, लेखा अधिकृत शिव कुमार झा र इन्जिनियर रञ्जित यादव मौन बसेकाले उनीहरू विरुद्ध साङ्केतिक रुपमा भैँसी जुलुस निकालेका हुन् ।

जुलुसमा सहभागीहरूले मेयर र कर्मचारीहरू विरुद्ध नाराबाजी समेत गरेका छन् ।

मेयर र कर्मचारीको मिलोतोमा नगरपालिकामा व्यापक भ्रष्टाचार भएकोले सूचना माग गरिएको र सूचना उपलब्ध गराउन आनाकानी गरेकाले अनसन बसेको भ्रष्टाचारविरुद्ध संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।

सूचना नदिएसम्म आफूहरूको अनसन जारी रहने जनाइएको छ । हालै सार्वजनिक भएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा प्रदेश नंं २ सहित देशकै सबैभन्दा बढी आर्थिक अनियमितता तथा बेरुजु भएको नगरपालिका मध्ये अग्रणी स्थानमा सवैला नगरपालिका रहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments