Incident Reports

भाडा बढाउन माग गर्दै यातायात व्यवसायी आन्दोलित (तस्बिरहरु) – देशसञ्चार

2021-10-04

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दा पनि भाडादर भने समायोजन नगरिएको भन्दै यातायात व्यवसायीले विरोध प्रदर्शन गरेका छन्। सार्वजनिक बस व्यवसायीहरुले सोमबार काठमाडौँका सडकमा बस तेर्स्याएर प्रदर्शन गरेका हुन्। उनीहरुले इन्धनको मूल्य बढेको अवस्थामा भाडा पनि बढाउनुपर्ने माग गरेका छन्। उनीहरुले बस नचलाएर हड्ताल गरेका छन्। व्यवसायीले सोमबार बौद्धबाट चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायतका बस व्यवसायीले आन्दोलनस्वरुप यातायात हड्ताल गरेका हुन्। तेलको मूल्य ८० रुपैयाँबाट ११३ पुग्दा पनि भाडा १५ रुपैयाँ नै रहेकाले आन्दोलन गर्नुपरेको यातायात व्यवसायीले बताएका छन्। यातायात व्यवसायीको आन्दोलनका कारण चक्रपथ, भक्तपुरसहितका क्षेत्रमा चल्ने गाडीहरु ठप्प छन्। देश सञ्चारकी फोटो पत्रकार वर्षा शाहले यातायात व्यवसायीको आन्दोलनका केही तस्बिर खिचेकी छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments