Incident Reports

जनकपुरधामको मेयर कक्षमा जनमत पार्टीले लगाए ताला, न्यायिक समितिमा तोडफोड | Janakpur Today

2021-10-04

Madhes, Dhanusha, Janaknandani

जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका छन् । सुरक्षाकर्मीले रोक्न खोज्दा उनीहरुले न्यायिक समिति कक्षमा तोडफोड समेत गरेका हुन् । जनकपुरको विभिन्न सडक हिलाम्मे बनेको र मर्मत गराउन चासो नदेखाएपछि जनमत पार्टी आन्दोलित बनेको छ । जनकपुरधाम ८ मा रहेको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बाटोका कारण घरबाट निस्किन नपाएको स्टाटस सामाजिक सञ्जालमा लेखेपछि उनका कार्यकर्ता आन्दोलनमा उत्रेका हुन् । जनकपुरधाम उपमहानगरपालिकामा पुगेर राउतका कार्यकर्ताले ‘भ्रष्ट मेयर लालकिशोर साह मुर्दाबाद’ जस्ता नारा समेत लगाए । उनीहरुले माग पुरा नगरी ताला फोडेमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उपमहानगरभित्रको हिलाम्मे सडकहरु अबिलम्ब मर्मत गराउनुपर्ने उनीहरुको मुख्य माग छ । यसअघि राउत कार्यकर्ताहरुले जनकपुरधाम ८ मा रहेको खानेपानी विभागमा समेत तालाबन्दी गरेका थिए । विभागले ढल निर्माणका लागि सडक खनेर छाडिदिँदा सडक हिलाम्मे बनेर अवरुद्ध बनेको बताइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments