Incident Reports

मनहरीकी उपाध्यक्ष विष्टले धम्की दिएको, अपशब्द बोलेको भन्दै कर्मचारीद्वा आर्थिक प्रशासन शाखा बन्द - Khabar Break

2021-10-04

Bagmati, Makawanpur, Manahari

हेटौँडा । पटक–पटक विवादमा आउने गरेकी मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले गाउँपालिकामा कार्यरत कर्मचारीलाई धम्कि दिएपछि त्यहा कार्यरत कर्मचारीहरुले आर्थिक प्रशासन शाखामा काम गर्न नसकेको भन्दै विदा स्किृतको माग गरेका छन् । उनीहरुले उपाध्यक्षको कृयाकलापले आफुहरुलाई हैरान बनाएको बताएका छन् । विष्टले पदको मर्यादानै नाघेर अपशब्द प्रयोग गर्ने, धम्क्याउने क्रियाकलाप जारी राखेपछि शाखा बन्द गरिएको आर्थिक प्रशासन शाखाकी लेखा अधिकृत संगिता अधिकारीले बताईन् । अधिकारीले आफु सहित त्यहाँ कार्यरत लेखा साहायक डिल्लिराम रेग्मीलाई उपाध्यक्ष विष्टले कार्यकक्षमानै प्रवेश गरेर गाली गर्ने, जुत्ता, चप्पल खोलेर हान्छु भन्ने, कहाी जागिर खाना नपाएर यहाँ आएको भन्ने, यिनिहरुलाई ननिकालुन्जेल आफुलाई शान्ति मिल्दैन भन्ने, अपशब्द बोल्ने काम गरेको बताईन् । खबरब्रेकलाई प्रतिक्रिया दिँदै लेखा साहायक रेग्मीले उपाध्यक्ष विष्टको अमर्यादित क्रियाकलाप सहन नसकेर आजबाट शाखा बन्द गरिएको बताए । विष्टबाट शाखामा आएर दबाब दिने  क्रियाकलाप जारी रहेपछि आफुहरु वाध्य भएर शाखा बन्द गरेको बताए । उपाध्यक्ष विष्टले कहिले हात काटिदिन्छु भन्ने, कहिले नाकको डाँडी भाँचिदिन्छु भन्ने, कहिले भुक्तानिको लागि तयार भएका कागजात खोतल्ने लगाएतको क्रिायाकलाप जारी राखेपछि कागजातको सुरक्षाको लागि समेत आफुहरु सो काम गर्न वाध्य भएको अधिकारी र रेग्मीको भनाई छ । विष्टद्वारा अभद्र ब्यवहार जारी रहेपछि दुबैजना कर्मचारीले कार्यकक्षा परिषरमा एउटा जानकारी पत्र टाँसेर सो बारे जानकारी गराएका छन् । यस अघि पनि उपाध्यक्ष विष्ट राजीनामा विवाद, सेफ हाउसको ताला फुटाईएको विवादमा परिसकेकी छिन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments