Incident Reports

थाहा खबर: सर्लाहीमा झडप : एक प्रहरी र दुई विद्यार्थी घाइते

2021-10-07

Madhes, Sarlahi, Dhankaul

सर्लाही : सर्लाहीको धनकौल गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपमा परी एक प्रहरी र दुई विद्यार्थी घाइते भएका छन्। विद्यालयमा साइकल वितरण र व्यवस्थापन समिति गठनको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित छन्। धनकौल गाउँपालिका वडा नं ५ मा रहेको श्री जनता मा बि हरकठवाका विद्यार्थीहरूले विद्यालयमा साइकल वितरण अनियमित तरिकाले भएको तथा व्यवस्थापन समिति गठन नभएका कारण शिक्षक अभाव भएको भन्दै आन्दोलन सुरु गरेका छन्। आक्रोशित विद्यार्थीहरू विद्यालयमा तालाबन्दी गरी गाउँपालिको कार्यालय घेराउ गर्नेक्रममा प्रहरी र विद्यार्थी बीच झडप भएको हो। झडपका क्रममा कक्षा ७ मा अध्ययनरत रुपा यादव र कक्षा ८ मा अध्ययनरत सुवाश यादवलाई प्रहरीले कुटेपछि आन्दोलित विद्यार्थीहरूले प्रहरीमाथि ढुंगामुढा गरेको थिए।विद्यार्थीले ढुंगामुढा गर्दा हरकठवा चौकीका प्रहरी हवलदार राजेश सिंह घाइते भएका छन्। धनकौल गाउँपालिकाका स्थानीय मुकेश यादवका अनुसार विगत दुई वर्षदेखि जनता मा बि हरकठवामा व्यवस्थापन समितिको पद रिक्त छ।्व्यवस्थापन समितिको लागि सातौँ पटक बैठक बसी अभिभावकहरूले बिन्देश्वर राउतलाई व्यवस्थापन समितिको अध्यक्षमा चुने पनि गाउँपालिकाले स्वीकृति नदिएको हुँदा विद्यार्थीहरू आन्दोलित बनेको स्थानीय यादवले जानकारी दिए। राजनैतिक किचलो तथा आ–आफ्नो विद्यालयमा प्रतिनिधि राख्ने मनसायका कारण यस्तो समस्या आएको यादवले बताए।धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहका अनुसार आन्दोलित विद्यार्थीहरूले साइकल वितरणको विषयमा असन्तुष्टि देखाएको बताए। आन्दोलित विद्यार्थीहरूको भिडमा विद्यालयको विकास देख्न नसक्ने व्यक्तिहरू पसी ढुंगामुढा गरेको गाउँपालिका अध्यक्ष साहले बताए। ‘विद्यार्थीको भिडमा पसी विकास विरोधीहरूले ढुङ्गा हान्दा प्रहरी हवलदार घाइते भए’, गाउँपालिका अध्यक्ष साहले भने। आक्रोशित विद्यार्थीहरू विद्यालयमा तालाबन्दी गरी गाउँपालिको कार्यालय घेराउ गर्नेक्रममा प्रहरी र विद्यार्थी बीच झडप भएको हो। झडपका क्रममा कक्षा ७ मा अध्ययनरत रुपा यादव र कक्षा ८ मा अध्ययनरत सुवाश यादवलाई प्रहरीले कुटेपछि आन्दोलित विद्यार्थीहरूले प्रहरीमाथि ढुंगामुढा गरेको थिए। विद्यार्थीले ढुंगामुढा गर्दा हरकठवा चौकीका प्रहरी हवलदार राजेश सिंह घाइते भएका छन्। धनकौल गाउँपालिकाका स्थानीय मुकेश यादवका अनुसार विगत दुई वर्षदेखि जनता मा बि हरकठवामा व्यवस्थापन समितिको पद रिक्त छ।्व्य वस्थापन समितिको लागि सातौँ पटक बैठक बसी अभिभावकहरूले बिन्देश्वर राउतलाई व्यवस्थापन समितिको अध्यक्षमा चुने पनि गाउँपालिकाले स्वीकृति नदिएको हुँदा विद्यार्थीहरू आन्दोलित बनेको स्थानीय यादवले जानकारी दिए। राजनैतिक किचलो तथा आ–आफ्नो विद्यालयमा प्रतिनिधि राख्ने मनसायका कारण यस्तो समस्या आएको यादवले बताए। आन्दोलित विद्यार्थीहरूको भिडमा विद्यालयको विकास देख्न नसक्ने व्यक्तिहरू पसी ढुंगामुढा गरेको गाउँपालिका अध्यक्ष साहले बताए। ‘विद्यार्थीको भिडमा पसी विकास विरोधीहरूले ढुङ्गा हान्दा प्रहरी हवलदार घाइते भए’, गाउँपालिका अध्यक्ष साहले भने।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Other
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 3
Female Injured 1
Youth Injured 2
National/Online Media

0 Comments