Incident Reports

थुनुवाको मृत्यु भएपछि सुनसरीमा झडप, प्रहरीसहित एक दर्जन बढी घाइते – Online Khabar

2021-10-10

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ ।अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ । यही घटनाका कारण पीडितका आफन्त सहितको भीड र प्रहरीबीच दोहोरो झडप भएको हो । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा समेत क्षति पुगेको छ ।लाठी बोकेको समूह प्रहरीमाथि जाइलागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् ।उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए ।कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violent demonstration
Weapons Unclear
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 12
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments