Incident Reports

हिन्दू धर्मावलम्बीहरूमाथि भएको आक्रमणको विरोधमा वीरगन्जमा प्रदर्शन

2021-10-21

Madhes, Parsa, Birgunj

केही दिनअघि बंगलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि भएको आक्रमणकाे विरोधमा वीरगन्जमा प्रदर्शन भएको छ । विश्व हिन्दू परिषद् नेपाल वीरगन्जको आयोजनामा बुधबार घन्टाघर चोकमा भएको प्रदर्शनको क्रममा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहनसमेत गरेका हुन् ।बंगलादेशमा निरन्तर हिन्दूमाथि आक्रमण तथा हिन्दूहरूको आस्थाको केन्द्रको रूपमा रहेको मठ–मन्दिरमा तोडफोड तथा आगजनी गरे पनि आरोपित मुस्लिमलाई कारबाही नगरेको भन्दै विरोध गर्दै पुत्ला दहन गरेको प्रदर्शनकारीहरूले बताएका छन् ।

हिन्दूमाथि भएको घटनाप्रति आक्रोशित परिषद् तथा हिन्दू समाजका युवाहरूले हसिनाविरुद्ध प्रदर्शन गर्दै बंगलादेशी हिन्दूलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनकारीले नगर परिक्रममा गरेका थिए ।माईस्थानबाट निस्केको जुलुसले आदर्शनगर, अलखियामठ, अडिअर्वा हुँदै घन्टाघर चोकमा पुगेर बंगलादेशी प्रधानमन्त्री हसिनाको पुत्ला दहन गरेका थिए । प्रदर्शनमा सहभागीहरूले हिन्दूमाथिको दमन बन्द गर, बंगलादेशी सरकार मुर्दावाद, शेख हसिना मुर्दावाद, मुस्लिम आयोग खारेज गर, इस्लामिक आतंक बन्द गर, जय श्रीरामलगायतका नारा लगाएका थिए ।हिन्दू धर्मावलम्बीहरूमाथि योजनाबद्ध रूपमा साम्प्रदायिक हिंसा भएको भन्दै विरोध प्रदर्शन गरिएको विश्व हिन्दू परिषद् नेपालले जनाएको छ ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Religious sectarianism
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments