Incident Reports

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुखमाथि दुर्व्यवहार- समाचार - कान्तिपुर समाचार

2021-10-21

Madhes, Dhanusha, Janakpur

जनकपुर — खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार भएको छ । सिके राउतको जनमत पार्टीका कार्यकर्ताले बिहीबार कार्यालयबाटै कुशवाहालाई बन्धक बनाएर दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका हुन् ।

जनकपुरमा ढल निकासको उचित प्रबन्ध नगरेको झोंकमा सो पार्टीका करिब दुईसयको संख्यामा रहेका कार्यकर्ताले प्रमुख कुशवाहालाई पिराडी चोकस्थित कार्यालयमा पुगेर बन्धक बनाएका थिए । सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म परेको वर्षाले जनकपुर जलमग्‍न भएपछि राउत समर्थक कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख कुशवाहालाई नियन्त्रणमा लिएर आक्रोश पोखेका हुन् ।

आफ्नो कार्यकक्षमा बसिरहेका प्रमुख कुशवाहालाई लाठी र बाँसको भाटा बोकेर पुगेका राउत समर्थकले बन्धक बनाएर लछारपछार गर्दै जनकपुर घुमाएका थिए ।सरकारी कार्यालयका प्रमुखलाई बन्धक बनाएर नगर घुमाइरहँदा प्रहरी भने प्रदर्शनकारीको अघिअघि मात्रै हिँडिरहेका थिए । ठूलो संख्यामा प्रहरी परिचालन गरिएपनि प्रमुख कुशवाहालाई राउत समर्थकले दुर्व्यवहार गरिरहे । प्रमुख कुशवाहाले लगाएको टिसर्ट पनि राउत समर्थकले च्यातिदिए ।

‘मलाई गोली ठाकेपनि केही बोल्दिनँ,’ पत्रकारसित बोल्न राउत समर्थकले दबाब दिएपछि प्रमुख कुशवाहाले रुदै यति मात्रै बोले । प्रमुख कुशवाहालाई राउत समर्थकले करिब १ घण्टा जनकपुर घुमाएर जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयनिर पुर्‍याएका थिए । त्यहाँ प्रहरीले प्रमुख कुशवाहालाई उनीहरुको कब्जाबाट थुतेर उपमहानगरपालिकाको कार्यालयभित्र लगेर सुरक्षित गरेका थिए । ‘सरकारी कार्यालयका प्रमुख कुशवाहालाई राउत समर्थकले सँगै घुमाएपछि प्रहरीले उनलाई सुरक्षित ठाउँमा राखेको छ,’ धनुषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले भने,‘कार्यालय प्रमुखलाई दुर्व्यवहार गर्ने १० जना राउत समर्थकलाई पक्राउ गरिएको छ ।’

जनमत पार्टीले जनकपुर सहरलाई व्यवस्थित, ढल निकासको उचित प्रबन्ध, फोहर व्यवस्थापन लगायतका माग गर्दै साताअघि खानेपानी तथा ढल निकास कार्यालय, जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय लगायतका सरकारी निकायमा ज्ञापनपत्र बुझाएको थियो । केही समययता जनमत पार्टीले भ्रष्टाचार, अनियमितता, विकासमा बेथिती, सेवाग्राहीले सरकारी कार्यालयमा पाउने सास्ती लगायतका मुद्दामा लगातार प्रदर्शन गरिरहेको छ ।

प्रकाशित : कार्तिक ४, २०७८ १४:१५


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Other governance issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Janamat Party
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments