Incident Reports

सिके राउतका कार्यकर्ताले कार्यालय प्रमुखमाथि गरेको दुर्व्यवहारविरूद्ध प्रदेश २ का इन्जिनियरको प्रदर्शन :: Setopati

2021-10-22

संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका नेता/कार्यकर्ताले गरेको अमानवीय व्यवहारविरूद्ध प्रदेश २ का इन्जिनियर आन्दोलित भएका छन्।घटनाको विरोध तथा पेशागत हकहित संरक्षणको माग गर्दै इन्जिनियरहरू आन्दोलित भएका हुन्। नेपाल इन्जिनियर एशोसएसन प्रदेश २ मा आवद्ध इन्जिनियरहरूले घटनाको विरोध गर्दै शुक्रबार जनमत पार्टी र पार्टी अध्यक्ष राउतविरूद्ध नाराबाजी गरेका थिए।

‘पीडित इन्जिनियरलाई न्याय दे, सिके राउतलाई कारबाही गर, इन्जिनियर सुरक्षाको ग्यारेन्टी गर, सिके राउतको इन्जिनियरिङ दर्ता खारेज गर’ लगायत नारा लगाउँदै उनीहरूले जनकपुरमा प्रदर्शन गरेका थिए।

आन्दोलित इन्जिनियरले जुलुससहित नगर परिक्रमा गरिसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारीलाई सिके राउतमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। जनमत पार्टीका कार्यकर्ताहरूले एक कर्मचारीलाई अर्धनग्न बनाएर सार्वजनिक रूपमा नगर घुमाउनु कानूनी राज्यको उपहास भएको भन्दै प्रजिअ बन्धुप्रसाद बास्तोलालाई  उनीहरूले ज्ञापन पत्र बुझाएका हुन्।

पेशागत रूपमा एक इन्जिनियरसमेत रहेका जनमत पार्टीका प्रमुख राउतको यस कदमले इन्जिनिरिङ पेशाको गरिमा र मर्यादा हनन गरेकाले उनको नेपाल इन्जिनिरिङ परिषदको दर्ता प्रमाण पत्रसमेत तत्काल खारेज गर्न उनीहरूले नेपाल इन्जिनियरिङ परिषदसँग माग गरेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments