Incident Reports

हत्या प्रकरणमा वडाध्यक्षलाई फसाएको भन्दै वीरगंजमा जसपाको विरोध प्रदर्शन

2021-10-28

Madhes, Parsa, Birgunj, Ward 13

वीरगंज : हत्या प्रकरणमा मुछिएका वडाध्यक्षलाई फसाउन खोजेको भन्दै जनता समाजवादी पार्टी वीरगंज महानगर समितिले आज वीरगंजमा प्रदर्शन गरेको छ। पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले राजनीतिक दबाबका कारण वीरगंज महानगरपालिका-१३ का वडाध्यक्ष तुफान अंसारीलाई सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको भन्दै जसपाका नेता तथा कार्यकर्ताहरुले जुलुससहित प्रदर्शन गरेका हुन्।

जसपा वीरगंज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवको नेतृत्वमा निस्केको विरोध जुलुसमा प्रहरीविरुद्ध चर्को नारा लगाएका थिए। जनताबाट निर्वाचित जनप्रतिनिधिलाई प्रहरीले व्यक्तिगत रिसीवीको आडमा फसाउन खोजेको आरोप नगर अध्यक्ष यादवले लगाएका थिए।

शंकास्पद रुपमा मृत्यु भएकी भारतीय युवतीको शव लुकाउन तथा प्रमाण मेटाउनमा वडाध्यक्ष तुफान अंसारीले सहयोग गरेको भन्दै प्रहरीले अन्य अभियुक्त सरह उनीमाथि मुद्दा दर्ता गरेका छन्। अंसारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोले अहिले उनी सम्पर्कविहीन छन्।

गत साता जगरनाथपुर गाउँपालिकामा आफ्नो दिदीको घरमा बस्न आएकी युवतीको शंकास्पद मृत्यु भएको थियो। मृतक युवतीको शव मुस्लिम परम्परा अनुसार वीरगंजको मुर्डीस्थित कबरगाहमा अन्त्येष्टि गर्ने क्रममा प्रहरी आएको र सोही वडाको जनप्रतिनिधिको नाताले त्यसबारे बुझ्न गएको घटनामा वडाध्यक्षलाई नै समेटिएको नगर अध्यक्ष यादवको आरोप छ। पर्सा प्रहरीले निर्दोष जनप्रतिनिधिलाई फसाएर जनतामा त्रास फैलाउन खोजेको आरोप समेत यादवले लगाएका छन्।

विरोध प्रदर्शन पश्चात वडाध्यक्ष अंसारीमाथि लगाइएको आरोप फिर्ता गर्न तथा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्सामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments