Incident Reports

पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा अखिल क्रान्तिकारीद्वारा प्रदर्शन « News24 : Premium News Channel

2021-10-31

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।आइतबार सरकारले पटक–पटक पे्रट्रोलिएम पदार्थको मूल्य बृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो । सरकारले जनताको ढाढ सेक्ने गरि पेट्रोल, डिजेज, मट्टीतेल र एलपी ग्याँसको मूल्य वृद्धि गरेकाले आफ्नो संगठनले विरोध गरेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।उनले सरकारले जनताको मतलव नगरेर मूल्यवृद्धि गरेको आरोप लगाउदै सरकारको दिनगन्ती सुरु भएको चेतावनी दिए । अध्यक्ष गुरेलले अहिलेको राज्यव्यवस्था जनताको पक्षमा नभएकाले आफूहरु आन्दोलनमा उत्रिएको बताए ।हालै भएको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै उनले जनताको सेवा गर्न नसक्ने भए राजीनामा दिन शासक दलहरुलाई आग्रह गरे ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments