2021-10-31
बझाङ : जिल्ला हुलाक बचत बैंकमा बचतकर्ताहरूले नाराजुलुस सहित धर्ना दिएका छन्। हुलाक बचत बैंकमा बचत गरेको रकम भुक्तानी पाउनुपर्ने माग गर्दै बचतकर्ताहरूले धर्ना दिएका हुन्।हुलाक बचत बैंकमा आफूले बचत गरेको रकम २ वर्षदेखि नपाएको भन्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीमार्फत बचतकर्ताहरूले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका थिए।आफूहरूले बचत गरेको रकम भुक्तानी गरिदिन शुक्रबार ज्ञापन पत्र बुझाएका बचतकर्ताहरूले आइतबार जिल्ला हुलाक कार्यालयमा नाराजुलुस सहित धर्ना दिएका छन्।
बचतकर्ताहरूले हुलाक बचत बैंकको कारोबार सुरु गर्नु पर्ने, आफूहरूको बचत गरेको रकम फिर्ता पाउनु पर्ने लगायतका माग राख्दै धर्ना दिएका हुन्। आफूहरूले आज नाराजुलुस र धर्ना दिने तथा माग सम्वोधन नभए भोलि हुलाक कार्यालयमा ताला लगाउने संघर्ष समितिका संयोजक खडकबहादुर बोहराले बताए।बचतकर्ताले कार्यालयमा धर्ना दिनुका साथै हुलाक कार्यालयबाट हुने सबै कामहरू बन्द गर्न लगाएका छन्। कामकाज बन्द हुँदा गाउँबाट नागरिकता बनाउन सदरमुकाम चैनपुर पुगेका सेवाग्राहीलाई नागरिकताको सिफारिसमा टाँस गर्ने हुलाक टिकट नपाएर नागरिकता बनाउन सकेका छैनन्।
जिल्ला हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर खड्काले आफूहरूले माथिल्लो निकायलाई बेलाबेला जानकारी गराए पनि कुनै चासो नदिएको बताए। आर्थिक वर्ष २०७०/७१ मा हुलाक बचत बैंकले बझाङमा आफ्नो सेवा सुरु गरेको थियो।
तत्कालिन समयमा जिल्लामा कृषि विकास बैक र राष्ट्रिय बाणिज्यबाहेक अन्य बैंकहरू नभएको र आकर्षक ब्याज पाउने भएपछि बचतकर्ताहरू हुलाक बचत बैंकतर्फ आकर्षित भएका थिए।
तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्याय मिलेर कार्यालयको बचत किताबमा बचत कर्ताले जम्मा गरेको देखाउने तर रकम आफैं चलाउने गरेको खुलेको छ।
बचत गर्ने एक हजार सात सय एक जना बचतकर्ताको पाँच करोड ७८ लाख ६४ हजार रुपैयाँ गुमाएका छन्। रकम हिनामिना भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत मद्दा परेको थियो।
अख्तियारले छानबिन गरी चार करोड ९५ लाख अनियमितता गरेको निष्कर्षसहित कठायत र उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
Violent / Non-violent | Nonviolent |
Primary Form | Gherau/Dharna (sit-in)/padlocking |
Primary Cause | Issues related to corruption (other than tenders) |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Private company |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD